केपी ओली प्रचण्ड माधव नेपाल एमाले


‘पञ्चेबाजा’ को ट्रेलर सार्वजनिक (भिडियोसहित)

सहयात्रा टिभी

काठमाडौ । अगामी फागुन ११ गते देखि रिलिज हुने चलचित्र ‘पञ्चेबाजा’ को ट्रेलर सार्वजनिक भएको छ । बुधवार काठमाडौँमा एक कार्यक्रम गरी चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।

समाजको यथार्थता बोल्ने मौलिक कथामा निर्माण भएको चलचित्रमा अभिनेता सौगात मल्ल, कर्म शाक्य, बुद्धि तामाङ, सृजना सुब्बा, जस्मिन श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ । उक्त चलचित्रलाई घनश्याम लामिछानेले निर्देशन गरेका हुन् । प्रदीप भारद्धाजको कथा रहेको चलचित्रलाई राजेश शाहीले लगानी गरेका हुन् ।
भिडियो

प्रकाशित : 25 January, 2018

प्रतिक्रिया दिनुहोस्