केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नेपाली सिनेमा क्षेत्रमा पनि अब बक्स अफिस लागुहुने

सहयात्रा टिभी

काठमाण्डौँ । माघ -११, नेपाली सिनेमा क्षेत्रमा पनि अब बक्स अफिस लागुहुने भएको छ । आज चलचित्र बिकास बोर्डका सदस्य तथा वक्स अफिस कार्यन्वयन समितीका संयोजक नरेन्द्र महर्जनको अध्यक्षतामा बसेको बैठकले प्राविधिकहरू संगको छलफल पश्चात यहि २०७५ वैशाख १ गते बाट परिक्षण गर्ने र २०७५ श्रावण १ गतेबाट उपत्यका भित्र बक्स अफिस कार्यन्वयन गराउने निर्णय भएको छ ।

 

उपत्यका बाहिर भने २०७५ माघ १ गते सम्म कार्यन्वयन गर्ने निर्णय भएको जानकारी निर्देशक आकाश अधिकारीले फेसबुकमार्फत दिएका छन्। बक्स अफिस कार्यन्वयन् समितिमा नरेन्द्र महर्जन, प्रदिपकुमार उदय, आकास अधिकारी, कपिल पराजुली र प्रभाकर भट्टराई रहेका छन् ।

प्रकाशित : 25 January, 2018

प्रतिक्रिया दिनुहोस्