सक्छौ भने एक्लै सरकार चलाएर देखाउ : पुन

सहयात्रा टिभी

काठमाडौ । माघ–११ अखिल क्रान्तिकारीका उपाध्यक्ष दिपेश पुनले एमाले नेताहरुले पार्टी एकताको विषयमा भ्रमात्मक धारणा दिएको भन्दै आक्रोश पोखेका छन् ।
पार्टी एकता पछी सरकार र नयाँ बन्ने पार्टी दुवैको नेतृत्व एमाले अध्यक्ष केपी ओली हुने भन्ने अभिव्यक्तिहरु एमालेका शिर्ष नेताहरुबाटै सार्वजनिक रुपमा आउन थालेपछि एमाले नेताहरुलाई ध्यान केन्द्रित गराउन पुनले सामाजिक सञ्जालमा आक्रोस व्यक्त गरेका हुन ।

सञ्जालमार्फत उनले यदि एमालेलाई त्यस्तै घमण्ड आएको हो भने एक्लै सरकार बनाएर देखाउन चुनौती पनि दिएका छन् । उनले लेखेका छन् “यस्तै घमण्डले २०६४ चुनाबको पहिलो पार्टी माओवादी र २०७० चुनाबको पहिलो पार्टी काङ्ग्रेस दुवै प्रतिपक्षमा बस्नु परेको धेरै टाढाको ईतिहास होइन, नभए डा.सुरेन्द्र केसीलाई सोध्दा हुन्छ।” 

प्रकाशित : 25 January, 2018

प्रतिक्रिया दिनुहोस्