बलिउड सुपरस्टार सलमान खान नेपाल आउदैं

सहयात्रा टिभी

काठमाडौ । माघ–११, बलिउड सुपर स्टार सलमान खान आगामी फागुनमा नेपाल आउने भएको छ । खान फागुन २६ गते काठमाडौंको टुँडिखेलमा हुने कार्यक्रममा सहभागी हुन नेपाल आउन लागेको हो ।

कार्यक्रममा सलमानसँगै बलिउडका अन्य कलाकारहरु नायिका सोनाक्षी सिन्हा, निर्देशक प्रभु देवा, डेजी शाह, कृति सेनोन र पञ्जाबी भाँगडा डान्सर ‘मिड बोस’ पनि आउने आयोजकले जनाएको छ ।
सात जना कलाकारका साथमा ९० जनाको टोली काठमाडौमा २५ गते आईपुग्ने छ र होटल सोल्टीमा बस्ने बताइएको छ ।

सलमान आउने पक्का भएपछि प्रचार प्रसार सुरु गरेको ओडीसी इन्टरटेनमेन्टका सिमान्त गुरुङले जानकारी दिनुभयो ।

प्रकाशित : 25 January, 2018

प्रतिक्रिया दिनुहोस्