दक्षिण कोरियाको अस्पतालमा आगलागी, कम्तीमा ४१ जनाको मृत्यु
सहयात्रा टिभी
माघ १२, दक्षिण कोरियाको मिर्याङस्थित एक अस्पतालमा आगलागी हुँदा कम्तिमा ४१ जनाको मृत्यु भएको छ भने दर्जनौ मानिसहरु घाइते भएका छन् । आगो अस्पतालको आकस्मिक कक्षबाट सुरुभएको बीबीसीले जनाएको छ । आगलागी हुँदा २०० बढी बिरामीहरु अस्पतालमा थिए र धेरै जनाको उद्दार भएको थियो ।
त्यहाँका धेरै घाइतेहरुको अवस्था पनि चिन्ताजनक रहेको बीबीसीको रिपोर्टमा बताइएको छ । स्थानीय समयअनुसार आगो करिव ७ः३० बाट सुरु भएको थियो र यसलाई नियन्त्रणमा लिन करिब तीन घन्टा लागेको थियो ।