केपी ओली प्रचण्ड माधव नेपाल एमाले


भारत र पाकिस्तानको यू-१९ क्रिकेट टोली सेमीफाइनलमा खेल्दै

सहयात्रा टिभी

माघ -१२, आइसीसी यू-१९ विश्वकप २०१८ मा भारतको युवा टोली बंगलादेशलाई १ सय ३१ रनको फराकिलो अन्तरले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा भारतको भेट पाकिस्तानसँग हुनेछ । शुक्रबार क्विन्सटाउन इभेन्ट्स सेन्टरमा भएको खेलमा भारतले पहिले ब्याटिङ गर्दै ४ बल बाँकी रहँदा सबै विकेट गुमाई २ सय ६६ रनको चुनौती पेश गरेको थिए । भारतका लागि शुभम गिलले सर्वाधिक ८६ रनको योगदान गरे ।

बलिङतर्फ बंगलादेशका क्वाजी ओनीकले ३ तथा नयीम हसन र सइफ हसनले २÷२ विकेट लिए ।२ सय ६६ रनको लक्ष्य पछ्याएको बंगलादेश ४२.१ ओभरमा १ सय ३४ रनमै समेटिएपछि भारतको १ सय ३१ रनको जित निश्चित भयो । कमलेश नगरकोटीले धारिलो बलिङ गर्दै १८ रन खर्चेर ३ विकेट लिएपछि वंगलादेश सस्तोमै समेटियो। वंगलादेशका लागि सबैभन्दा बढी पिनाक घोषले सर्बाधिक ४३ रन बनाए। पाकिस्तान दक्षिण अफ्रिकालाई हराउँदै सेमिफाइनलमा पुगीसकेको छ ।

प्रकाशित : 26 January, 2018

प्रतिक्रिया दिनुहोस्