भारतीय विदेशमन्त्री सुष्मा स्वराज नेपाल आउँदै

सहयात्रा टिभी

काठमाडौं । माघ -१३, नेपाल सरकारको निमन्त्रणामा भारतीय विदेशमन्त्री सुष्मा स्वराज आगामी साता २ दिने नेपाल भ्रमणमा आउने भएकी छिन् । स्वराजको यो भ्रमणलाई काठमाडौं र दिल्ली दुवैतिर महत्वका साथ हेरिएको छ । नेपालमा निर्वाचन सम्पन्न भएको छ र गठबन्धन सरकारमा गएपछि नेपाल भारता सम्बन्ध कस्तो हुने भन्ने चासोको विषय रहेको छ । स्वराजको नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री शेरबाहदुर देउबा लगायत शीर्ष नेताहरु सँग भेटघाटको कार्यक्रम रहेकोछ ।

नयाँ प्रधानमन्त्रीका रुपमा हेरिएका एमाले अध्यक्ष केपी शर्मा ओलीले भारत र चीन दुवैसँग सौहार्दपूर्ण सम्बन्ध विकसित गरी स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गर्ने वताइ रहँदा र नेपाली काँग्रेसको सरकार कामचाउको अवस्थामा पुगिसकेर प्रतिपक्षमा रहन तयारी गर्दै गर्दा स्वराजको नेपाल भ्रमण अर्थपूर्ण रहेको छ ।

प्रकाशित : 27 January, 2018

प्रतिक्रिया दिनुहोस्