केपी ओली प्रचण्ड माधव नेपाल एमाले


जेलबाट भागेका टिके डनलाई चितवनमा प्रहरीले गोली हान्यो

सहयात्रा टिभी

चितवन । काठमाडौंको डिल्लीबजार कारागारबाट भागेका टिके भनिने टिकाबहादुर थापालाई प्रहरीले गोली हानेको छ । मुग्लिन नारायणगढ सडकखण्ड अन्तर्गत चितवनको रामनगरमा रहेको ओमशाही पेट्रोल पम्प नजिकै गोली हानाहान भएको हो । टिकेलाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि गोली चलाएपछि महानगरीय अपराध महाशाखाको टोलीले जवाफी फायरिङ गरेको एसएसपी दिवेश लोहनीले बताए । ना ४७ प ५०५२ नम्वरको मोटरसाइकलमा चढेर आएका दुई जना मध्ये पछाडि बस्ने थापाले प्रहरीमाथि फायर खोलेका थिए ।

उनको हात र खुट्टामा गोली लागेको छ । काठमाडौंमा चोरी डकैती गर्ने थापा डिल्लीबजार जेल चलान भएका थिए । उनी माघ ४ गते कारागारको काँडेतार काटेर फरार भएका थिए । मोटरसाइकल चालक भने फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित : 27 January, 2018

प्रतिक्रिया दिनुहोस्