फेरि चिसो बढ्यो, चिसो बढ्ने संभावना : मौसमविद्

काठमाडौं, १४ माघ । राति आकाश खुलेकाले दुई दिनको भन्दा आइतबार देशभर नै चिसो बढेको छ ।
देशभरी न्यूनतम तापक्रम घटेर गएको दुई दिनकोभन्दा चिसो भएको मौसमविद् मिनकुमार अर्यालले बताउनुभयो । काठमाडौंको आइतबारको बिहानको तापक्रम २ दशमलव ३ डिग्री सेल्सियसमा झरेको मौसमविद अर्यालले बताउनुभयो ।
शनिबार बिहान ३ दशमलव ६ डिग्री मापन गरिएको काठमाडौंको बिहानको तापक्रम घटेको हो । तर अब चिसो बढ्ने संभावना कम भएको उहाँको भनाई छ । आज धेरै ठाउँको मौसम सामान्यतया सफा रहने मौसमविद् अर्यालले जानकारी दिनुभयो ।
उहाँका अनुसार आज पहाडी क्षेत्रको मौसम आशिंक बदली भए पनि पानी पर्ने संभावना छैन । तराईमा अहिले लागेको हुस्सु पनि दिउँसोपछि हट्ने उहाँको अनुमान छ ।