नुवाकोट चाउथेमा ल्होछारको रौनक (हेर्नुहोस् तस्बिरमा )

सहयात्रा टिभी

नुवाकोट । माघ–१४, तामाङ समुदायको नयाँ वर्ष २८५४ (खि ल्हो) औं सोनाम ल्होछार ककनी चाउथेमा शनिबार बृहत्त साँकृतिक कार्यक्रम गरी मनाएको छ ।  विगत देखि तामाङ समुदायले माघ शुल्कपक्षमा मनाउदै आएको सोनाम ल्होछार यस वर्ष पनि लारक्युङ तामाङ सेवा समाज नुवाकेटले  बृहत्त साँकृतिक कार्यक्रम गरी ल्होछार मनाएका हुन्।

ल्होछारको अवसरमा एकआपसमा शुभकामना आदानप्रदान तथा खुसियाली साटासाट गरेका छन्।

तामाङ समुदायका मानिसले १२ जीवजन्तुलाई आधार मानेर ल्हो चक्रमा विश्वास गरी जन्मदेखि मृत्यु हुँदासम्म पनि सोही चक्रका आधारमा विभिन्न संस्कार गर्ने गर्छन्। मञ्जुश्रीले चन्द्र पात्रोको विकास गरी त्यसलाई धर्मदर्शनका रूपमा बाहिर ल्याउने कार्य गरेको स्मरणमा सोनाम ल्होछार मनाउने गरिएको जनविश्वास छ। ‘लो’ को अर्थ वर्ष तथा छार को अर्थ ‘नयाँ’ हो ।

हेर्नुहोस् तस्बिरमा ल्होछारको रौनक

 

प्रकाशित : 28 January, 2018

प्रतिक्रिया दिनुहोस्