आयातित चिनीमा ५० प्रतिशत भन्सार शुल्क लगाउन ब्यवसायीहरुको माग
सहयात्रा टिभी
काठमाण्डौँ । माघ -१४, स्वदेशमा उत्पादित चिनी भन्दा आयातित चिनी सस्तो मुल्यमा आयात हुन थालेपछि नेपाली चिनी ब्यवसायी मारमा परेका छन् । यसरी स्वदेशी उत्पादन भन्दा सस्तो मुल्यमा आयातित चिनी आउनाले स्बदेशी उत्पादनलाई मर्का पर्ने ब्यवसायीहरुको बुझाई छ । हाल चिनीमा १५ प्रतिशत भन्सार शुल्क रहँदै आएकोमा त्यसलाई ५० प्रतिशत पुर्याउनु पर्ने ब्यवसायीहरुको माग छ ।
अन्तराष्ट्रिय जगतमा चिनीको मुल्य घटेको बर्तमान परिपेक्षमा नेपालमा आयातित चिनीको मूल्य हाल ८० रुपैयाँको हाराहारीमा पर्न जान्छ जुन साल्ट ट्रेडिङ् कर्पोरेसनले तोके भन्दा दुइ रुपैया कम हो । यसले स्वदेशी उत्पादनलाई धरासायी बनाई यहाँ उत्पादीत चिनी गोदाममा थन्क्याउन बाध्यहुनुपरेको भन्दै ब्यवसायीहरुले ५० प्रतिशत भन्सार शुल्क लगाउन बाध्य भएका हुन् ।