केपी ओली प्रचण्ड माधव नेपाल एमाले


मुटु सम्बन्धी रोचक जानकारी

सहयात्रा टिभी

मानिसको लागि मुटु महत्वपुर्ण अंग हो । मुटुको बारेमा केही यस्ता तथ्यहरु छन् जसको बारेमा हामी बेखबर रहेका हुन सक्छौँ ।
१) मानब मुटु एक पटक धड्कँदा ७० ml, एक मिनेटमा ४.७ लिटर, दिनभरीमा ७५७० लिटर र पुरा जीवनमा १६ करोड लिटर पंप हुन्छ, यो एउटा नललाई ४५ बर्ष सम्म खुल्ला छोडे बराबर हो ।

 

२) हाल सम्म मानिसको धड्कन कम्तीमा २६ धड्कन प्रति मिनेट र बढिमा ४८० प्रति मिनेट रेकर्ड गरिएको छ ।
३) मानिसले जस्तो गीत सुनिरहेको हुन्छ, त्यही अनुसारको उसको धड्कनको चाल हुन्छ ।
४) महिला र पुरुषमा हृदयघातको प्रकृति फरकफरक हुन्छ ।
५) कोकिन ड्रग्सको लत लागेको मान्छेको मुटुलाई शरीर बाहिर निकालेको २५ मिनेट पछि सम्म धड्कन्छ ।
६) प्रेमको संकेतको लागी मुटु चिन्हको प्रयोग सन् १२५० देखि गरिएको हो तर किन गरिएको हो, कसैलाई थाहा छैन ।
७) मुटु रोगबाट धेरै मानिस मर्ने देश तुर्किमेनिस्तान हो, जहाँ बर्षेनी ७१२ प्रति लाख मानिस मर्दछन् ।
८) अक्टोपसको ३ वटा मुटु हुन्छन् ।
९) ब्लु ह्वेलको मुटु एउटा कार जत्रो हुन्छ, जसको तौल औषत ५९० केजी हुन्छ ।

प्रकाशित : 28 January, 2018

प्रतिक्रिया दिनुहोस्