सामाजिक सञ्जालका सहीद दिवसका बिशेष कविताहरु
माघ -१६, आज सहीद दिवसको अवसरमा सामाजिक सञ्जालहरुमा बिभिन्न ब्यक्ति हरुले आफ्ना बिचारहरु राख्नु भएको छ, त्यसलाई हामी जस्ताको तस्तै प्रस्तुत गर्न गइरहेको छौँ ।
Govinda Prasad Acharya
सस्ता सहिद् हरु !!!
न निरँकुशता बिरुद्ध् पर्चा छर्यौ
न जेल् पर्यौ
न कोर्रा खायौ
न झुन्ड्याइयौ
न क्रुर् शाशक्को गोलि खायौ
तेत्तिकै सहिद् बन्यौ
तिमिले नसोचेको भो
तिमिहरु मद्धे कोइ कोइ त नामि गुन्डा पनि थियौ
मान्छे मारेका थियौ
पैसा लुटेका थियौ
तिमिले मारेका मान्छे सहिद् भएनन्
तर
तिम्रो गुन्डागर्दिले तिमिलाइ सहिद् बनायो
तिम्रा आफन्त्ले १० लाख् पाए ।
तिमिहरु कति बसबाट खस्यौ
कति भिर् बाट् खस्यौ
सडक् दुर्घटनामा पर्यौ
सहिद् भयौ
कलन्कित् भयौ
क्ष्मतिपुर्तिको १० लाख् तेत्तिकै लिने ब्यबस्था भएको भए हुन्थ्यो
सहिद् नभनि त्यो १० लाख् दिन नमिल्ने रहेछ क्या र
तिमिले सच्चा सहिद्लाइ ग्रहण् लगायौ नि
सच्चा सहिद् बिलाए नि कतै
तिमि कलन्कित् बन्यौ नि!!!
तिमिले “दसलाखे” को ट्याग् भिर्यौ नि!!!
नवीन दिपक
हरेक पटक एक नौलो अभिलाषामा
मेरा मै भित्रका
आफ्नै सपनाहरुले अनेकौं पटक शहादत प्राप्त गरेका छन्।
फेरि,
मेरै देशमा परिवर्तन का लागि कैयौ
महान आत्माहरुले जीवनआहुति दिएका छन्
फरक,
म खुदकै मन मारिएर जिउँदो छु
सपूत तन मारेर अमर छन्।
र
उपलब्धि शून्य बराबर
केवल।।
SaMir TmG (@tmg_samir)
थापी रहे गोलिबारुद ,न फँसिको डर
छोडि गए आफन्तलाई ,छोडे यो सन्सार
देशभक्ति,राष्ट्रियता,स्वाधीनताको कुरा
सहिदको सपनालाई नछोडौै अधुरा
सगरमाथा शिर हाम्रो ,धान झुल्ने तराई
देशको लागि मर्छौं बरु किन हिड्ने डराई।।
#सहिद दिवस