बुधबार चन्द्र ग्रहण, यी राशीहरुलाई फाइदा : स्वस्तानीका ब्रतालुले बिहान ८ बजेर ५५ मिनेटअघि नै उध्यापन गरिसक्नुपर्ने

काठमाण्डौ । माघ १६, बुधबार साँझ साढे पाँच बजे बाट प्रारम्भ भइ राति करिब ९ बजे समाप्त हुने गरी खग्रास चन्द्र ग्रहण लाग्दैछ । चन्द्र ग्रहण नेपाल लगायत एसियाका केही मुलुक, अष्ट्रेलिया, अफ्रिकाका केही पूर्वी देश तथा युरोपबाट देख्न सकिन्छ । धार्मिक मान्यता अनुसार राशी अनुसार ग्रहण हेर्दा मिल्ने फल अलग अलग हुन्छ भने स्वस्तानीका ब्रतालुले बिहान ८ बजेर ५५ मिनेटअघि नै उध्यापन गरिसक्नुपर्ने छ । ज्योतिसशास्त्र अनुसार ग्रहणको फल यसप्रकार रहेको छ ।
मेष ब्यथा
बृष श्रीप्राप्ति
मिथुन क्षति
कर्कट घात
सिंह व्यय
कन्या लाभ
तुला सुख
बृश्चिक माननास
धनु कष्ट
मकर स्त्रीपीडा
कुम्भ सुख
मीन चिन्ता