मोदीको फोन र स्वराजको नेपाल भ्रमण शंकास्पद : गगन थापा
सहयात्रा टिभी
बुटवल । माघ १७, नेपाली काँङ्ग्रेसका युवा नेता तथा पुर्व स्वस्थ्यमन्त्री गगन थापाले बुटवल उपमहानगरपालिका समितिले गरेको कार्यक्रममा बोल्दै एमालेको नेतृत्वमा समृद्धिको सपना देख्नु भ्रममात्रै भएको बताएका छन् ।
केपी ओलीको पछिल्लो कालो धनलाई बैध गनुपर्छ भन्ने धारणा ट्रेलर मात्र भएको बताउँदै उनले काँङ्ग्रेसका लागी धेरै चुनौती रहेको बताएका छन् । उनले भने ‘ओली नै प्रधानमन्त्री बन्ने के ग्यारेन्टी छ र ? एमाले र माओवादीको भागबण्डा बाँकी नै छ, भारतले बधाइ दिइसक्यो ।’ उनले मोदीले भावी प्रधानमन्त्रीको रुपमा ओलीलाई फोन गर्नु र स्वराजको नेपाल भ्रमण संकास्पद रहेको भन्दै ओली नै मात्र प्रधानमन्त्री हुने सम्भावना नरहेको बताएका छन् ।