रोचक तथ्यहरु
सहयात्रा टिभी
केही तथ्यहरु जसको बारेमा हामी बेखबर हुन सक्छौँ ।
१) एउटा चार बर्षको बच्चाले दैनिक औषत चार सय प्रश्न सोध्ने गर्छ ।
२) एक औषत युवाको शरीरमा ९ पाउण्ड ब्याक्टेरिया हुन्छन् ।
३) हमिङवर्डको धड्कन प्रतिमिनेट १२०० पटक धड्कन्छ ।
४) मानिसको डीएनए ५० प्रतिशत सम्म केरा सँग मिल्छ ।
५) मानिसले आफुले आफूलाई काउकुति लगाउन सक्दैन किनभने दिमागले यस्तो सेन्सेसनलाई स्वीकार गर्दैन ।
६) तपाईँको कुरा अर्को मानिसले चासो दिइरहेको छ की छैन भनी चेक गर्न गर्न गफ गर्दा गर्दै आफ्नो हात बाँध्नुहोस, यदि उसले पनि तपाई जसरी हात बाँधेर कुरा सुन्छ भने उसले ध्यान दिइ रहेको छ, नत्र छैन ।
७) तपाइँ अन्तरिक्षमा रुन सक्नुहुन्न किनकी तपाइँको आशुँ तल झर्दैन ।
८) पृथ्बी बाट आकाश निलो देखिएता पनि अन्तरिक्षबाट कालो देखिन्छ ।