भारतीय प्रधानमन्त्री मोदीले लेखे पुस्तक “एक्जाम वारियर”

सहयात्रा टिभी

माघ -२१, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिले परीक्षाको तनाबबाट कसरी बच्ने भन्ने बिषयवस्तुमा पुस्तक “एक्जाम वारियर” प्रकाशित गरेका छन् । २०८ पेजको उक्त पुस्तक पेन्गुइन पब्लिकेसनले छापेको छ भने, त्यसको मुल्य १०० रुपैया (भारतीय) राखिएको छ । बीबीसीका अनुसार प्रधानमन्त्री हुँदा पुस्तक लेख्ने पहिलो ब्यक्ति मोदी नै हुन ।

 

उक्त पुस्तकमा परीक्षाको समयमा हुने तनाब बाट कसरी जुध्ने भनी टिप्सहरु दिइएको बताइएको छ । मोदीको उक्त पुस्तक १० र १२ कक्षाका विद्यार्थीहरुलाई लक्षित गरी बनाइएको बताइएको छ । यस अगाडी पनि एक रेडियो कार्यक्रम मनका कुरामा मोदीले परीक्षाको समयमा हुने तनाबका बिषयमा बहस गरिसकेका छन् ।

प्रकाशित : 4 February, 2018

प्रतिक्रिया दिनुहोस्