नेपाल टेलिकमले पनि ब्यालेन्स सापटी दिने

सहयात्रा टिभी

काठमाण्डौ । माघ २२, नेपाल टेलिकमले १४ औं वार्षिकोत्सवको अवसरमा आफ्ना प्रिपेड ग्राहकको लागि ब्यालेन्स नभएको अवस्थामा सापटी दिन सुरु गर्ने भएको छ ।

टेलिकमले ‘नमस्ते क्रेडिट सेवा’ नाम दिएर यो सुविधा ल्याएको हो । यस अगाडी एनसेलले मात्र सापटी दिँदै आएकोमा टेलिकमले पनि आगामी एक महिना भित्र कार्यन्वयन गर्ने गरी यस्तो योजना ल्याएको हो तर कति रकम सापटी दिने भनेर निश्चित भइसकेको छैन ।

 

प्रकाशित : 5 February, 2018

प्रतिक्रिया दिनुहोस्