ट्रकले ठक्कर दिँदा एक जना पैदलयात्रीको मृत्यु

सहयात्रा टिभी

काठमाण्डौ । माघ २२, वीरगञ्जमा ट्रकले ठक्कर दिँदा एक जना पैदलयात्रीको मृत्यु भएको छ । दिउँसो पौने १२ बजे तिर ना ६ ख ४९०८ नम्बरको ट्रकले स्थानीय ४० बर्षीया बविता चौधरी लाई ठक्कर दिएको थियो ।

 

गम्भीर घाइते भएकी उनको नारायणी उप क्षेत्रीय अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीय बासिन्दाहरुले चालकले ब्याक गरेर चौधरीको हत्या भएको भन्दै प्रदर्शन गरिरहेता पनि प्रहरी श्रोतले चालकको लापारभाइ देखिएता पनि ब्याक गरेर नमारेको बताएको छ । प्रहरीले सहचालक सहित केहीलाई पक्राउ गरेको छ ।

प्रकाशित : 5 February, 2018

प्रतिक्रिया दिनुहोस्