प्रधानमन्त्रीले फागुन ६ गते राजिनामा दिने !
सहयात्रा टिभी
काठमाडौं । माघ- २४, प्रधानमन्त्री शेरबहादुर देउवाले फागुन ६ गते राजिनामा दिने बताइएको छ । चुनावी सरकार भएकाले चुनावको नतिजा आएपछि सरकारमा बसिरहन नमिल्ने भएकाले प्रतिनिधि सभातर्फको सम्पुर्ण नतीजा निस्कासन भएपछि देउवाको राजिनामा दिने सम्भावना रहेको हो । प्रधानमन्त्री निकट श्रोतले जनाए अनुसार अनुसार निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फको अन्तिम नतिजा राष्ट्रपतिलाई बुझाएको भोलिपल्ट राजीनामा गर्नेगरी निकटहरुसँग छलफल चलाएका हुन् । देउवा सरकारले हाल निर्वाचन सकेर पनी राजीनामा नदिएको आरोप खेपिरहेको छ ।
निर्वाचन आयोगले फागुन ५ गते प्रतिनिधि सभाको समानुपातिक परिणाम राष्ट्रपतिलाई बुझाउने तयारी गरेको छ जसअनुसार कुनै सामान्य अवस्था रहे देउवाको राजिनामा फागुन ६ गते आउने छ ।