नेपाललाई नामिबियाले दियो १३९ रनको लक्ष, सोमपाल र सन्दीपको उत्कृष्ट प्रदर्शन

सहयात्रा टिभी

काठमाडौं । माघ- २५, आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत आज भइ रहेको खेलमा नामिबियाले नेपाललाई १ सय ३९ रनको लक्ष्य दिएको छ। टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नामिबिया ३४.२ ओभरमा १ सय ३८ रनमा अलआउट हुँदै सस्तैमा समेटियो । नामिबियाका लागि क्रेग विलियम्सले सर्वाधिक ४१ रनको योगदान दिए भने जेन फ्रेलिङक र जाने ग्रिनले समान २२/२२ रनको योगदान दिए।

 

 

यता नामिबियाको पारी लाई सस्तोमा समेट्ने क्रममा सन्दीप लामिछानेले ४ विकेट, सोमपाल कामीले ३ विकेट हात पारे। त्यसै गरी सरद भेषावकर, पारस खड्का र बसन्त रेग्मीले १–१ विकेट आफ्नो नाममा लेखाए।

सन्दीप लामिछानेले उत्त्कृष्ठ बलिङ गर्दै ८.२ ओभरमा २ मेडन राख्दै १८ रन मात्र खर्चिएर ४ विकेट झारे भने ७ ओभर बलिङ गरेका सोमपालले १ मेडन राख्दै ३५ रन खर्चिए ।

प्रकाशित : 8 February, 2018

प्रतिक्रिया दिनुहोस्