बाम गठबन्धनले गर्यो प्रदेश ५ मा सभामुखको उमेद्वारी दर्ता
सहयात्रा टिभी
काठमाण्डौँ । फाल्गुण- १, वाम गठबन्धनबाट प्रदेश–५ मा सभामुखका लागि उम्मेदवारी दर्ता भएको छ । माओवादी केन्द्रका प्रमुख सचेतक दधिराम न्यौपाने प्रस्तावक र एमालेका प्रमुख सचेतक भूमिश्वर ढकाल समर्थक रहने गरी माओवादी केन्द्रका प्रदेशसभा सदस्य पूर्णबहादुर घर्तीको उम्मेदवारी सचिवालयमा दर्ता गराएको छ ।
प्रदेश–५ को सभामुख चयनका लागि भोलि दिउँसो १ बजे प्रदेशसभा बैठक बोलाइएको छ । सभामुखको पदभार ग्रहण पनि भोली साँझ ५ बजे हुने बताइएको छ ।