माओबादीहरुले फरकफरक कार्यक्रम मार्फत जनयुद्द दिवस मनाउँदै
सहयात्रा टिभी
काठमाण्डौँ । फाल्गुण १– माओवादीका विभिन्न घटकहरुले जनयुद्ध दिवस मनाउँदैछन । तत्कालीन नेकपा माओवादीले २०५२ साल फागुन १ गते रोल्पा, रुकुम र सिन्धुलीका प्रहरीचौकीमा आक्रमण गरेर जनयुद्ध सुरु भएको घोषणा गरेका थिए । त्यही दिनको संझना स्वरुप फागुन १ गते माओबादी हरुले जनयुद्ध दिवस मनाउदै आएका छन् ।
ससस्त्र विद्रोहमा साथ रहेका प्रचण्ड, मोहन बैद्य र बिप्लबले छुट्टा छुट्टै कार्यक्रम मार्फत जनयुद्द दिवस मनाउँदै छन् । दशवर्षे लामो जनयुद्द पछि माओबादी विभिन्न गुटहरुमा फुट्ने र जुट्ने दुबै अवस्था भोग्दै हाल माओबादी केन्द्र एमाले सँग मिलेर बाम गठबन्धन बनाउने अभियानमा जुटेको छ भने विप्लव नेतृत्व र बैद्य नेतृत्वको माओबादी माओबादको मुलधारमा आउने प्रयासमा छ ।