सप्तरीमा आगलागी, २० लाख बढिको क्षति

सहयात्रा टिभी

सप्तरी । फाल्गुण १, सप्तरी जिल्लाको शम्भुनाथ नगरपालिका वडा नं १२ स्थित मोहम्मद जलधर खानको घरबाट गएराति आगलागी हुँदा करिब रु २० लाख मूल्य बराबरको क्षति भएको छ । खानको गाईगोठमा बालेको आगोबाट अचानक सल्केको आगोले निजको एउटा घर र एउटा गाई गोठ तथा छिमेकी मोममताज खानको एउटा गाईगोठसमेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीमा परी एक दर्जन गाईवस्तु पनि मरेका छन् ।

स्थानीयवासी , प्रहरी र दमकलको सहयोगमा आगलागि नियन्त्रणमा आइसकेको छ ।

प्रकाशित : 13 February, 2018

प्रतिक्रिया दिनुहोस्