स्प्राइट देखी स्पीरिट सम्म…

सहयात्रा टिभी

प्रशन्न घिमिरे
टिङ!टिङ!! टिङ!!! छुट्टीको घन्टी बज्यो । सधैँजस्तै त्यो दिन पनि कलेज छुट्टी हुनेबित्तिकै म घर जाने तर्खरमा थिएँ। हुन त जहिल्यै उत्तरी गेटबाट जाने म, त्यो दिन किन हो किन पश्चिमको गेटबाट जान मनलाग्यो । गर्मीको मौसम, थाकिएको अवस्था, मलाइ चिसो खान मनलाग्यो । अलिक परको दोकानमा गएर स्प्राइट अर्डर गरे । अन्जान थिएँ कि यो स्प्राइट ले जीवनमा प्रेमरङ्ग को वर्षा गराउन आँटेको छ । एकछिनपछि मेरै कलेजका दुई केटिहरु म रहेकै दोकान तर्फ आए अनि स्प्राइट मागे । ओपनर मेरै छेउमा थियो । ती मध्ये एउटि केटि म नजिकै आइ अनि त्यो ओपेनरले बिर्को निकाल्न खोजी । उसको कपालबाट मगमग बास्ना आइरहेको थियो । मलाइ त्यो बास्नाले घेरीरहेको थियो ।

ती तोरीझैँ लहराएका केश , स्याउझैँ राता गाला अनि ती मादक अङ्गुरजस्ता ओठ ,तेस्रो विश्वयुद्धको कारण उनी नै बन्छिन जस्तो । उनले ओपनर लिएर बिर्को खोल्न अलिक बल लगाउन खोजीन् तर खुलेन । अलिक बल लगाउने हुँदा स्प्राइट म माथी पोखियो । म जुरुक्कै उठेँ अनि मात्र मेरो नजर उसको अनुहारमा पुग्यो । ती गुच्चा जस्ता आँखाले मलाइ क्षमाको भावमा हेरिरहेका थिए। ती गुलाबका पात जस्ता ओठहरुबाट सरी भन्दै निक्लिएका प्रत्येक शब्दले मलाइ रोमान्चित गरिरहेको थियो । म पनि कस्तो अभद्र , उनलाइ हेरि मात्र रहे । उनको आँखाबाट ध्यान हट्दै हटेन । म त केही बोल्नै सकिन, मुर्ती समान रहे । सरि भन्दै उनी गइन , स्प्राइटले भिजाएर । स्प्राइटले मात्र भिजाएको भए त हुने नि । उनले त मलाइ आफ्नो प्रेममा भिजाइसकिछिन ।

मेरो मन चोरेर लगिछिन, मलाइ वशिकरण गरिछिन । मलाइ थाहै नदिइकन । अर्को दिन जब म स्कुल गएँ , मेरा आँखाहरु खै किन हो कसैलाइ खोजेजस्तो गर्न थाले । त्यसदिन त क्लासमा पनि खासै ध्यान गएन । कता कता हराएजस्तो महसुस गरेँ । टिफिनमा सार्है भोक लागेको अनुभव भयो , उनलाइ देख्ने भोक , बोल्ने भोक तर अहँ मेरो भोक मेटिएन । म छटपटी रहेको थिएँ । जसको मलाइ नाम पनि थाह छैन, म उसैको लागि किन हो तड्पिरहेको थिएँ । आखिर तिर्खाए पछि त कुवाकै आवश्यकता नै त पर्ने हो नि! अर्को दिन ब्रेकमा मैले उनलाइ देखे । नोटिसबोर्डमा टाँसेको भित्तेपत्रिका पढ्दै थिइन उनी ।म टुकुटुकु उनको पछाडि उभिए । म बोल्न चाहन्थे तर अहँ मलाइ आँट नै आएन। यत्तिकैमा उसको क्लासमै पढ्ने एउटा केटो आयो अनि उनको टाउकोमा प्याट्ट हिर्कायो। सालेलाई अनुहार कुच्चिने गरि दिउँ लाग्यो ।

सुरुमा त उनले केही प्रतिक्रिया दिएकी थिइनन तर जब दोस्रो चोटि पनि उसले त्यसै गरि हिर्कायो, उनले फनक्क फर्केर कुट्न खोजिन । म उनको पछि थिएँ । अचानक मेरो गालाले उनको कोमल हातको स्पर्श पायो थप्पडको रुपमा । आहा ! मलाइ त उनको हातको थप्पड निकै मीठो लाग्यो । सधैँभरी यसरि नै कुटिरहनु नि जस्तो मनले चाह राख्यो। सरी ल ! दुख्यो होला है भन्दै उनले मेरो गाला सुम्सुम्याइन् । मन त मलाइ पनि थियो उनको गाला सुम्सुम्याउन, उनका केशमा आफ्ना औँलाहरु डुलाउन । हात त मैले पनि लम्काइसकेको थिएँ ।यत्तिकैमा टिफिन सकिएको घन्टी बज्यो ।

सायद मेरो मनमा पनि उनको मायाको घन्टी बजिसकेको थियो। क्लास जाउ ल । भन्दै मुसुक्क मुस्कुराउँदै उनी गइन तर उनलाइ हेर्दैमा यति ब्यस्त रहेँ कि सरि पछि के के भनिन्, पत्तै भएन । उनको आँखाका ती निस्चल भावहरुले मलाइ झन-झन उनीप्रती आकर्षित गर्न थाल्यो । म उनलाइ देखेर रमाउन थालेँ । खै किन हो बिनाकारण मुस्कुराउनु थाले। उनको हातको न्यानो थप्पडले आफ्नोपनको आभास दिलायो। अरे! थप्पड खाँदा गालामा छाप परे भैहाल्थ्यो नि । मुटुमै छाप पार्ने गरि हान्नुहुन्थ्यो र । बिचरो मेरो मुटु

“अनिता , यता आइज न ।”
यो वाक्यले मेरो ध्यान खिच्यो । पछाडि फर्केर हेरेँ , उनी पो रहिछिन । उनको नाम अनिता रहेछ । साथिहरुसङ्ग हाँस्दै , नक्कल पार्दै हिडिँरहेकी थिइ मेरि अनिता । मुटुले त उनलाइ मेरि भन्न थालिसकेछ। उनले मलाइ देखिन् अनि मेरो छेउमा आएर “हाई” भनिन ।ती गुलाबी ओठहरुको हलचलबाट निक्लिएको तातो बाफले मलाइ गर्मीमा शितलताको आभास दिलाइरहेको थियो । मैले पनि हाई भन्दै आफ्नो मित्रताको हात अघि बढाए। उनको मुस्कुराहटले मनमा तरङ्ग उत्पन्न गराइदिन्थ्यो। छुट्टी भएपछी म उनीसङ्गै जाने गर्दथे ।म रमाइला कुरा गरेर, सायरी भनेर उसलाइ हँसाउने प्रयास गर्दथे । उनको मुहारमा हाँसो ल्याउँदा मेरो मन त्यसै खुशी बन्ने गर्दथ्यो । उनीसङ्ग जीवन बिताउन पाए त सधैँभरी त्यसरी नै हँसाएर राख्ने थिए । जहिल्यै सपनामा आएर सताउने अनिताले जिन्दगी भरी सताइदिए नि हुन्थ्यो नि । जिस्किदैँ कहिलेकाहिँ प्याट्ट हिर्काउने उनीले माया गरि त्यसरी नै सधैँ हिर्काए हुने नि । मेरो मन यस्तै सोच्थ्यो । बेवकुफ मन । उनको रुप मात्र सुन्दर थिएन ,उनको व्यबहार पनि उत्तिकै सुन्दर थियो ।कति मीठो गाउने गर्दथिन उनी ।उनैलाइ अनुकरण गर्दै , मैले पनि गाउन सुरु गरे । क्लासमा गाउने गर्दथे । उसैको कल्पनामा हराउँथे ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

उनी मेरो निकै नजिक बनिसकेकी थिइन्। मेरो जीवनमा एउटा अमिट अध्याय लेखीसकेकी थिइन्। मुटुमा अमिट छाप छाडेकी थिइन् ।समय कति छिटो बित्दो रहेछ हामिले त चालै नपाएका । उनको प्लसटू सकिने बेला भैसकेको थियो। म पनि अन्तिम परीक्षा कै पर्खाइमा थिए। फेयरवेलको दिन उनी सबै सरहरुसङ्ग फोटो खिच्दै थिइन् ।म उनलाइ हेरिरहेको थिएँ। भोलिपल्ट देखि सबैकुरा बदलिँदै थियो ।दिनैपिच्छे म उनीलाई देख्न पाउन्न थिएँ । मेरो अगाडि अनिता हुनेछैन भोलिपल्ट देखि , हुने छ त केवल उनले छोडेका ती मिठा यादहरु जसले मलाइ सताउनेछ्न अनि तड्पाउनेछन। सोचेजस्तै भयो भोलिपल्ट देखि। उनलाइ नदेख्दा म विचलित हुनु थालेँ। उनको कमि खट्किरह्यो । उसलाइ फोन गरेर घुम्न जाऔँ भने । उनले पनि हुन्छ भनिन् ।उनी बिराटनगर थिइन् । । मैले उनलाइ इटहरीको गोकुलम रिसोर्ट बोलाएँ । उनी राजी भैइन् । १६०० जनाको प्रेमी कृष्णको जन्मभुमी गोकुलबाट नामाकरण भएको त्यो रिसोर्टमा मेरि एउटि प्रेमिका अनिता किन राजी नहोली ररु यहि सोच लिएर म लागे इटहरीको गोकुलम रिसोर्ट जो मेरो प्रेम प्रस्तावको साक्षी बन्न गैइरहेको थियो ।

मुसलधारे पानी, बादलहरुको गड्याङगुडुङ हैन हौ मैले प्रपोज गर्ने बेलामा पुरै बाजा बजाएर मौसमले मलाइ जिस्काइरहेको थियो। रिसोर्टको गेटमा लगेर सिटि सफारीले रोकायो।म भाडा तिरेर ओर्लिए। अनितालाइ फोन गर्नुपर्यो भनेर मोबाइल निकाले । यत्तिकैमा मेरो काँधमा एउटा न्यानो स्पर्श पर्यो । फर्केर हेरे अनिता रहिछिन। अलिकती खैरो पारेको कपाल, आँखामा पातलो गाजल अनि ओठमा रातो लिपिस्टिक । जाने हैन भित्र?

उनको आवाजले मेरो कानलाइ रोमान्चित बनायो । जाऔँ न तू मैले भने । अनि हातमा हात राखी हामी दुबै भित्र गयौँ । पनि परेर अलिक चिसो चिसो भएको थियो। हामिले कफि मगायौँ । कफिको चुस्की लिँदै हामी गफ गर्न थाल्यौँ। मलाइ भने कतिखेर आफ्नो मनको कुरा पोखौँ भन्ने लागिरहेको थियो। मलाइ कस्तो कस्तो भैरहेको थियो। थाम्नै नसकेर मैले अनितालाइ भने अनिता ! तिमीसङ्ग एउटा कुरा गर्नु थियो ।
“के कुरा भनन” मुसुक्क मुस्कुराउँदै उनले भनिन
“कस्तो डर लागिरहेको छ भन्न”
। उनले मेरो हात समाइन अनि भनिन

तिमी मेरो बेस्ट फ्रेन्ड हैनौँ ? नडराइ भनन। अलिकती हिम्मत त आयो। तर त्यहाँ क्याफेमा भन्न असजिलो लाग्यो त्यसैले परतिरको पोखरी किनारमा जाऔँ भने । उनले हुन्छ भनिन्। पोखरी किनारमा पुगेपछी मैले ल्याएको रोज निकाले अनि भनेँ “अनिता, म तिमिलाइ मनपराउँछु । आई लभ यु” अनिताले रोज लिइन् तर अलिक रिसाएको जस्तो गरिन् । म अलिक डराएँ पनि । कतै मित्रता पनि गुमाउँछु कि जस्तो लाग्यो। उनको आँखामा हेर्ने आँट आएन । म आँखा झुकाएर भुइँतिर हेरिरहे । एक अपराधी झैँ म उनको अगाडि उभिएको थिएँ। उनी मेरो नजिक आइन् । पक्कै पनि गाला चड्काउँछिन जस्तो लाग्यो। तर उनले त मेरो गालामा चुम्मा पो गरिन् । भनिरहनु पर्छ र तिमीले भन्दै उनले मेरो काँधमा हात राखिन् ।

मैले आफ्नो भावना थाम्नै सकिन । उनलाइ मैले झ्याप्पै अङ्गालो मारे । खुशीले आँखाबाट दुई थोपा आँसु नि खसे। उनको आलिङ्गनमा बाँधिएपछि त एउटा नयाँ जीवन पाए जस्तै लाग्यो। अलिक बेरसम्म अङ्गालोमा बेरियौँ हामी । तर यो मिलन धेरै लामो हुन पाएन । थप उच्च शिक्षा हासिल गर्नका लागि मेरो काठमाडौ जाने सोच थियो। हुन त मलाई उसलाई छोडेर काठमाण्डौँ आखिर मैले काठमाडौ जाने निस्चित गरे । जाने दिन म उर्लाबारी गएर उसलाइ भेटें। हामी दुबैजनाका आँखा रसाएका थिए। बोल्नलाइ केही शब्द थिएन । त्यो पल हामी एक अर्का सङ्ग बोलिरहेका थिएनौं । हाम्रा चिसिएका आँखाहरुले नै सम्पुर्ण संवाद बोलिरहेको थियो । उनी सुँक्कसुँक्क गर्दै थिइन्। उनको आँखामा देखिएको आँसुले मलाइ कमजोर बनाउँदै थियो।केही आनन्दका पल अनि केही आँसु यस्तै थियो। हामी बिच भौगोलिक दुरि मात्र बढेको थियो । मुटुका त हामी धेरै नजिक थियौँ।

आखिर असिनाको चोट नखाइकन फूलको हाँगा कहाँ बलियो बन्छ र रु त्यसरी नै बियोगको पीडा नसही यो प्रेम बलियो बन्दैन । यहि भन्दै मुटुमा ढुङ्गा राखी मैले उ सङ्ग बिदा मागे । काठमाडौमा आएपछी त मलाइ उसको यादले धेरै सताउन थाल्यो। म उसलाइ दिनैपिच्छे फोन गर्दथे । लामा लामा कुराकानी हुन्थे। अजिङ्गरको आहारा दैवले जुटाउँछ भनेझैं त्यही बेला एनसेल को ५० मिनेट टकटाइम अनि ५०० वटा एसेमेस फ्री अफर आयो । के खोज्छस कानो आँखा जस्तै भयो । दिनभरी उसैलाइ एसेमेस गरेर बस्दथे। यो दुरिले गर्दा मेरो माया पनि धेरै बढेको थियो। उसका चुलबुले कुराहरु सुन्दा मन पनि फुरुक्क बनेर आउँदथ्यो । उसको मायाको अनन्त गहिराइमा म डुबिरहेको थिएँ । हुन त उनी म भन्दा ३ बर्ष जेठी थिइन् तर के गर्नु त र मन जवान भएपछी त उमेरले के नै पो गर्छ र ?

कसरी भुल्न सक्छु र म त्यो दिन रु साँझको ५ :३० बजेको थियो । मैले अनितालाई मेसेज गरे। निकै बेर कुरे तर रिप्लाई आएन । किन रिप्लाइ नगरेकोहोला भनेर मैले उसलाइ फोन गरे तर उसको फोन स्विच अफ आयो । सायद ब्याट्री सकियो होला भनेर फोन गरिन । भोलिपल्ट, पर्सिपल्ट मैले फोन गरिरहें तर सिर्फ एउटै आवाज आइरहेको थियो तपाईंले सम्पर्क गर्नखोज्नुभएको मोबाइलको स्विच अफ गरिएको छ।

फेसबूक खोलेर हेरे उसको नामको सट्टामा फेसबुक युजर भनेर देखायो। म छक्क परेँ । मनमा चिसो पस्यो। कतै उसलाइ केही त भएन रु मनमा असंख्य सवालहरुको जन्म भैरहेको थियो।मनमा छट्पटी जागिरहेको थियो । दिनको चैन र रातको निद्रा दुबै हटेको थियो। उसलाइ फोन गर्ने अनेक प्रयास गरे तर सब बिफल । आखिर केही सीप नलागेर मैले स्नेहालाई फोन गरे । स्नेहा र अनिता निकै मिल्ने साथी थिए। मेरो स्नेहासङ्ग राम्रो चिनजान थियो । मैले अनितालाइ मनपराउँछु भन्ने कुरा उसलाइ मजाले थाह थियो । हतारहतार गर्दै मैले स्नेहालाई फोन गरे । उसले फोन उठाउनासाथ मेरो प्रस्नवर्षा सुरु भयो,

“अनितालाई के भयो ? किन फोन नउठाकी र ? के भयो बिसन्चो त छैन ?” जसरी एउटा सानो बच्चा आफ्नी आमासङ्ग किलकिले स्वरमा रुन खोजेझैँ बोल्छ , त्यसरी नै म बोलिरहेको थिए । अनि स्नेहाले भनी, “तिम्रो भाग्यमा अनितासङ्गको साथ छैन होला यार । तिमिसङ्ग प्ले गरि अनिताले।” म छाँगाबाट खसेझैँ भए । जो ब्यक्तीलाई म आफ्नो प्राणभन्दा बढी माया गर्दथे , उसैले म सङ्ग एउटा खेल खेलेकी रहिछे जहाँ मेरो भावना पिल्सिएको थियो,रेटिएको थियो। मैले पूरा वृत्तान्त जान्न चाहे । स्नेहाले भनी, “सबै कुरा त म जान्दिन तर जति म जान्दछु त्यति म अवस्य बताउनेछु ।” म आतुर थिए सुन्नका लागि । उसले भन्न थाली, “कुरो धेरै पुरानो होइन । एक महिना अगाडिको हो ।

हाम्रो कलेजमा एउटा नयाँ केटोले हाम्रो क्लासमा प्रवेस गर्यो । एकदमै स्टाइल र पैसा भएको केटो जस्तो लाग्थ्यो । उसको नाम रुपक थियो । अनिताले पहिलो भेटमै उसलाइ चाहन थालेकी थिइ । तर रुपकले उसको प्रपोज स्वीकार गर्छ भन्ने थिएन । सम्पुर्ण कलेजका केटिहरु उसको पछि थिए ।तर सायद उसले पनि अनितालाई मन्पराउँथ्यो । रुपकले अनिताको मोबाइलमा रिचार्ज हाल्ने देखि लिएर उसको खाजा खर्च उठाइदिन्थ्यो । तिम्रो सामु बगाएका प्रत्येक आँसु र भाव नक्कली थियो । एउटा झुट थियो ।” यत्तिकैमा घन्टी टिङ९टिङ बज्यो । ओए स्नेहा, ढोका खोल न । आवाज आयो । त्यो आवाज उसैको थियो जसका निम्ति म यति तड्पिरहेको थिए । स्नेहाले फोन राख्न आँटेकी थिइ तर मैले भनें एकचोटि अनितालाई फोन देउ न । म एकपल्ट बोल्न चाहन्छु अनिताले फोन लिइ । मैले केही भन्नुभन्दा अगाडि नै उसको आवाज गुन्जियो गेट लस्ट फरेवर इडियट । अनि फोन काटियो । अचम्म लाग्यो ।

जसको तस्वीर हेरेर मेरो प्रत्येक सुरु हुन्थ्यो, जसको बोली सुनेर ममा उर्जाको सन्चार हुन्थ्यो, जसको नाम पुकार्दै मेरो हृदयको प्रत्येक धड्कन धड्किन्थ्यो मलाइ आज उसैले टाढा बनाएकी थिइ । मलाइ अधुरो बनाएकी थिइ । मेरो प्रेमलाई अधुरो बनाएकी थिइ । मेरो भावनालाई उसले लात मारेकी थिइ । तर यो बेव्कुफ मन, अझै पनि उसलाइ निस्ठुरी भन्न सक्दैन । आखिर किन मेरा प्रत्येक श्वासले केवल एउटै नाम पुकारेको हुन्छ अनिता, अनिता र केवल अनिता उसले मलाइ धोका दिएता पनि मलाइ भने किन उसैको मात्र माया लाग्छ र म किन आफुलाइ उ बाट टाढा गर्न सक्दिन। मैले त निस्वार्थ प्रेम गरेको थिएँ त । आखिर किन मलाइ यस्तो गरेको रु मेरा निम्ति ती आँसुहरु बगाएर के जताउन खोजेकोरु आखिर म पनि त एउटा मानिस न हुँ । जब प्रेम थिएन त त्यो नाटक किन रु मलाइ भयंकर पीडा भैरहेको थियो ।

असंख्य प्रश्नहरुले मनमा तान्डव मचाइरहेको थियो। आफ्नो मन-मस्तिष्क उसलाइ समर्पित गरेर गुलामी स्विकार गर्ने म गुलामको भावनाको कहाँ कदर हुन्छ र ? उनले मलाइ थुकुन, लात मारुन या जती नै पीडा नै किन दिउन, म सहन बाध्य थिएँ । आखिर आफ्नो मुटुकि मल्लिकाको बिद्रोह गर्ने सामर्थ्य नि छैन । आखिर एउटा जिउँदो लास बनाएर गैइ अनिता । कहिल्यै नभेट्ने बाचा गर्दै ।

प्रकाशित : 14 February, 2018

प्रतिक्रिया दिनुहोस्