स्प्राइट देखी स्पीरिट सम्म…
सहयात्रा टिभी

प्रशन्न घिमिरे
टिङ!टिङ!! टिङ!!! छुट्टीको घन्टी बज्यो । सधैँजस्तै त्यो दिन पनि कलेज छुट्टी हुनेबित्तिकै म घर जाने तर्खरमा थिएँ। हुन त जहिल्यै उत्तरी गेटबाट जाने म, त्यो दिन किन हो किन पश्चिमको गेटबाट जान मनलाग्यो । गर्मीको मौसम, थाकिएको अवस्था, मलाइ चिसो खान मनलाग्यो । अलिक परको दोकानमा गएर स्प्राइट अर्डर गरे । अन्जान थिएँ कि यो स्प्राइट ले जीवनमा प्रेमरङ्ग को वर्षा गराउन आँटेको छ । एकछिनपछि मेरै कलेजका दुई केटिहरु म रहेकै दोकान तर्फ आए अनि स्प्राइट मागे । ओपनर मेरै छेउमा थियो । ती मध्ये एउटि केटि म नजिकै आइ अनि त्यो ओपेनरले बिर्को निकाल्न खोजी । उसको कपालबाट मगमग बास्ना आइरहेको थियो । मलाइ त्यो बास्नाले घेरीरहेको थियो ।
ती तोरीझैँ लहराएका केश , स्याउझैँ राता गाला अनि ती मादक अङ्गुरजस्ता ओठ ,तेस्रो विश्वयुद्धको कारण उनी नै बन्छिन जस्तो । उनले ओपनर लिएर बिर्को खोल्न अलिक बल लगाउन खोजीन् तर खुलेन । अलिक बल लगाउने हुँदा स्प्राइट म माथी पोखियो । म जुरुक्कै उठेँ अनि मात्र मेरो नजर उसको अनुहारमा पुग्यो । ती गुच्चा जस्ता आँखाले मलाइ क्षमाको भावमा हेरिरहेका थिए। ती गुलाबका पात जस्ता ओठहरुबाट सरी भन्दै निक्लिएका प्रत्येक शब्दले मलाइ रोमान्चित गरिरहेको थियो । म पनि कस्तो अभद्र , उनलाइ हेरि मात्र रहे । उनको आँखाबाट ध्यान हट्दै हटेन । म त केही बोल्नै सकिन, मुर्ती समान रहे । सरि भन्दै उनी गइन , स्प्राइटले भिजाएर । स्प्राइटले मात्र भिजाएको भए त हुने नि । उनले त मलाइ आफ्नो प्रेममा भिजाइसकिछिन ।
मेरो मन चोरेर लगिछिन, मलाइ वशिकरण गरिछिन । मलाइ थाहै नदिइकन । अर्को दिन जब म स्कुल गएँ , मेरा आँखाहरु खै किन हो कसैलाइ खोजेजस्तो गर्न थाले । त्यसदिन त क्लासमा पनि खासै ध्यान गएन । कता कता हराएजस्तो महसुस गरेँ । टिफिनमा सार्है भोक लागेको अनुभव भयो , उनलाइ देख्ने भोक , बोल्ने भोक तर अहँ मेरो भोक मेटिएन । म छटपटी रहेको थिएँ । जसको मलाइ नाम पनि थाह छैन, म उसैको लागि किन हो तड्पिरहेको थिएँ । आखिर तिर्खाए पछि त कुवाकै आवश्यकता नै त पर्ने हो नि! अर्को दिन ब्रेकमा मैले उनलाइ देखे । नोटिसबोर्डमा टाँसेको भित्तेपत्रिका पढ्दै थिइन उनी ।म टुकुटुकु उनको पछाडि उभिए । म बोल्न चाहन्थे तर अहँ मलाइ आँट नै आएन। यत्तिकैमा उसको क्लासमै पढ्ने एउटा केटो आयो अनि उनको टाउकोमा प्याट्ट हिर्कायो। सालेलाई अनुहार कुच्चिने गरि दिउँ लाग्यो ।
सुरुमा त उनले केही प्रतिक्रिया दिएकी थिइनन तर जब दोस्रो चोटि पनि उसले त्यसै गरि हिर्कायो, उनले फनक्क फर्केर कुट्न खोजिन । म उनको पछि थिएँ । अचानक मेरो गालाले उनको कोमल हातको स्पर्श पायो थप्पडको रुपमा । आहा ! मलाइ त उनको हातको थप्पड निकै मीठो लाग्यो । सधैँभरी यसरि नै कुटिरहनु नि जस्तो मनले चाह राख्यो। सरी ल ! दुख्यो होला है भन्दै उनले मेरो गाला सुम्सुम्याइन् । मन त मलाइ पनि थियो उनको गाला सुम्सुम्याउन, उनका केशमा आफ्ना औँलाहरु डुलाउन । हात त मैले पनि लम्काइसकेको थिएँ ।यत्तिकैमा टिफिन सकिएको घन्टी बज्यो ।
सायद मेरो मनमा पनि उनको मायाको घन्टी बजिसकेको थियो। क्लास जाउ ल । भन्दै मुसुक्क मुस्कुराउँदै उनी गइन तर उनलाइ हेर्दैमा यति ब्यस्त रहेँ कि सरि पछि के के भनिन्, पत्तै भएन । उनको आँखाका ती निस्चल भावहरुले मलाइ झन-झन उनीप्रती आकर्षित गर्न थाल्यो । म उनलाइ देखेर रमाउन थालेँ । खै किन हो बिनाकारण मुस्कुराउनु थाले। उनको हातको न्यानो थप्पडले आफ्नोपनको आभास दिलायो। अरे! थप्पड खाँदा गालामा छाप परे भैहाल्थ्यो नि । मुटुमै छाप पार्ने गरि हान्नुहुन्थ्यो र । बिचरो मेरो मुटु
“अनिता , यता आइज न ।”
यो वाक्यले मेरो ध्यान खिच्यो । पछाडि फर्केर हेरेँ , उनी पो रहिछिन । उनको नाम अनिता रहेछ । साथिहरुसङ्ग हाँस्दै , नक्कल पार्दै हिडिँरहेकी थिइ मेरि अनिता । मुटुले त उनलाइ मेरि भन्न थालिसकेछ। उनले मलाइ देखिन् अनि मेरो छेउमा आएर “हाई” भनिन ।ती गुलाबी ओठहरुको हलचलबाट निक्लिएको तातो बाफले मलाइ गर्मीमा शितलताको आभास दिलाइरहेको थियो । मैले पनि हाई भन्दै आफ्नो मित्रताको हात अघि बढाए। उनको मुस्कुराहटले मनमा तरङ्ग उत्पन्न गराइदिन्थ्यो। छुट्टी भएपछी म उनीसङ्गै जाने गर्दथे ।म रमाइला कुरा गरेर, सायरी भनेर उसलाइ हँसाउने प्रयास गर्दथे । उनको मुहारमा हाँसो ल्याउँदा मेरो मन त्यसै खुशी बन्ने गर्दथ्यो । उनीसङ्ग जीवन बिताउन पाए त सधैँभरी त्यसरी नै हँसाएर राख्ने थिए । जहिल्यै सपनामा आएर सताउने अनिताले जिन्दगी भरी सताइदिए नि हुन्थ्यो नि । जिस्किदैँ कहिलेकाहिँ प्याट्ट हिर्काउने उनीले माया गरि त्यसरी नै सधैँ हिर्काए हुने नि । मेरो मन यस्तै सोच्थ्यो । बेवकुफ मन । उनको रुप मात्र सुन्दर थिएन ,उनको व्यबहार पनि उत्तिकै सुन्दर थियो ।कति मीठो गाउने गर्दथिन उनी ।उनैलाइ अनुकरण गर्दै , मैले पनि गाउन सुरु गरे । क्लासमा गाउने गर्दथे । उसैको कल्पनामा हराउँथे ।

उनी मेरो निकै नजिक बनिसकेकी थिइन्। मेरो जीवनमा एउटा अमिट अध्याय लेखीसकेकी थिइन्। मुटुमा अमिट छाप छाडेकी थिइन् ।समय कति छिटो बित्दो रहेछ हामिले त चालै नपाएका । उनको प्लसटू सकिने बेला भैसकेको थियो। म पनि अन्तिम परीक्षा कै पर्खाइमा थिए। फेयरवेलको दिन उनी सबै सरहरुसङ्ग फोटो खिच्दै थिइन् ।म उनलाइ हेरिरहेको थिएँ। भोलिपल्ट देखि सबैकुरा बदलिँदै थियो ।दिनैपिच्छे म उनीलाई देख्न पाउन्न थिएँ । मेरो अगाडि अनिता हुनेछैन भोलिपल्ट देखि , हुने छ त केवल उनले छोडेका ती मिठा यादहरु जसले मलाइ सताउनेछ्न अनि तड्पाउनेछन। सोचेजस्तै भयो भोलिपल्ट देखि। उनलाइ नदेख्दा म विचलित हुनु थालेँ। उनको कमि खट्किरह्यो । उसलाइ फोन गरेर घुम्न जाऔँ भने । उनले पनि हुन्छ भनिन् ।उनी बिराटनगर थिइन् । । मैले उनलाइ इटहरीको गोकुलम रिसोर्ट बोलाएँ । उनी राजी भैइन् । १६०० जनाको प्रेमी कृष्णको जन्मभुमी गोकुलबाट नामाकरण भएको त्यो रिसोर्टमा मेरि एउटि प्रेमिका अनिता किन राजी नहोली ररु यहि सोच लिएर म लागे इटहरीको गोकुलम रिसोर्ट जो मेरो प्रेम प्रस्तावको साक्षी बन्न गैइरहेको थियो ।
मुसलधारे पानी, बादलहरुको गड्याङगुडुङ हैन हौ मैले प्रपोज गर्ने बेलामा पुरै बाजा बजाएर मौसमले मलाइ जिस्काइरहेको थियो। रिसोर्टको गेटमा लगेर सिटि सफारीले रोकायो।म भाड
