सिलवालको कीर्ते प्रकरणको अध्ययन प्रतिबेदन प्रहरीले सरकारी वकिलको कार्यलयमा बुझायो

सहयात्रा टिभी

काठमाण्डौँ । फागुन २, प्रहरीले फरार रहेका ललितपुर क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य तथा पूर्व डीआइजी नवराज सिलवालविरुद्ध कीर्ते अभियोगको अनुसन्धान पूरा गरेको छ साथै राय सहितको प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको छ। बुधबार प्रहरीले राय सहितको प्रतिवेदन बुझाएको सरकारी वकिलको कार्यालयले बताएको छ । प्रहरीको प्रतिबेदन अध्ययन पछि मात्र सिलवालको मुद्दा अगाडि बढ्ने या नबढ्ने निश्चित हुन्छ ।

 

सिलवाललाई कानुन बमोजिम गोप्य रहनुपर्ने कार्यसम्पादन मूल्याङ्कन फाइल कीर्ते गरेको आरोप लागेको छ र उनी हाल फरार रहेका छन् । शिलवालले भने कासमु फाइल अनलाइनमा आएको समाचारको आधारमा पेस गरेको दाबी गर्दै आएका छन् ।

प्रकाशित : 14 February, 2018

प्रतिक्रिया दिनुहोस्