प्रदेश नं. २का मुख्यमन्त्रीले भोजपुरीमा सपथ लिए

जनकपुर । फागुन -३, प्रदेश सभामा हिन्दि भाषामा सपथ खाएको भनि बिबादमा तानिएका प्रदेश नम्बर दुईका मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गदीले मुख्यमन्त्रीका रुपमा भोजपुरी भाषामा शपथ ग्रहण गरेका छन्। पर्सा बाट निर्वाचित उनको मातृभाषा उर्दु हो भने उनी निर्वाचित भएको क्षेत्र भोजपुरी बाहुल्य क्षेत्र हो ।
आज जनकपुरधाममा आयोजित कार्यक्रममा प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले मुख्यमन्त्री राउतलाई शपथ ग्रहण गराएका हुन्। यद्यपी प्रदेश मन्त्रीका रुपमा जितेन्द्र सोनलले भने हिन्दी भाषामा शपथ लिए भने अर्का मन्त्री विजय यादवले मैथिली भाषामा शपथ खाए।