नयाँ सरकारको घोषणा :२ वर्ष भित्र सबै गाउँपालिका र नगरपालिकामा प्राविधिक शिक्षालय स्थापना गर्ने
सहयात्रा टिभी
काठमाण्डौँ । फागुन ४, नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले २ वर्ष भित्रमा सबै गाउँपालिका र नगरपालिकामा प्राविधिक शिक्षालय स्थापना गर्ने घोषणा गरेका छन् । ओलीले प्रधानमन्त्री भएलगत्तै संचारकर्मीहरुसँग कुरा गर्दै सिटीईभिटीबाट मान्यता प्राप्त प्राविधिक शिक्षालय सबै गाउँपालिका र नगरपालिकामा स्थापना गर्ने घोषणा गरेका हुन ।
प्रधानमन्त्रीले शुक्रबारबाटै संसदका सम्पूर्ण गतिविधि संचालन हुने गरी २ वर्ष भित्र भवन निर्माण काम सुरु गर्ने पनि बताएका छन् । ओलीले पहिलो पटक प्रधानमन्त्रीको पदभार ग्रहण गर्दा पनि २ वर्ष भित्र देशभरका तुईन हटाउने निर्णय गरेको भएता पनि हालसम्म तुइन विस्तापन भइसकेको छैन ।