माओबादी छिटै सरकारमा सहभागी हुन्छ: लालबाबु पण्डित

काठमाडौं । फागुन ४, नवनियुक्त मन्त्रीमण्डलका जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले एक/दुई दिनभित्रै माओवादी पनि सरकारमा सहभागी हुने बताएका छन् । उनले माओबादी र एमाले बीच हुन लागेको बाम एकता अन्तिम चरणमा पुगेको भन्दै छिटै पार्टी एकता हुने बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालले शुक्रबार आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले अव नवनिर्वाचित सरकारले छिटै मन्त्रीमण्डल विस्तार गर्ने र त्यसमा माओबादी पनि सरकारमा सहभागीहुने जिकिर गरे । आफ्नो नया नीति तथा कार्यक्रमबारे बोल्दै पण्डितले बिज्ञहरुसँग परामर्श लिएर नीति तथा कार्यक्रम अध्ययनमा समय खर्चिने र राष्ट्रिय सम्पदा तथा प्राकृतिक स्रोतलाई नेपालको हितमा प्रयोग गर्ने बताए ।