केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नेपालको नयाँ ब्याटिङ परामर्शदाताका रुपमा उमेश पटेल नेपाल आउदै 

सहयात्रा टिभी

काठमाण्डौ । फागुन ५, अर्को महिना जिम्बावेमा हुने आइसीसी विश्वकप छनोट क्रिकेटका लागि नेपालले नया ब्याटिङ
परामर्शदाता पाउदै छ । ब्याटिङमा कमजोर प्रदर्सन गर्दै आएको नेपालको ओपनिङ ब्याटिङ अझ कमजोर रहदै आएको छ । बिश्वकप छनोट्को खेलका लागि ब्याटिङ परामर्शदाताका रूपमा भारतका उमेश पटवाल नेपालको आउने भएका छन् । उनी यस अघि अफगानिस्तानको ब्याटिङ परामर्शदाताका रुपमा काम गरि सकेका छ्न

नेपाली कृकेट टोलिको डिभिजन २ का लागि ब्याटिङ परामर्शदाताको रुप काम गरिरहेका सुलक्षण कुलकर्णीको अवधि सकिएपछि विश्वकप छनोटका लागि पटवाल नेपाल आउने भएका हुन ।उनी मंगलबार काठमाडौं आउने र लगत्तै नेपाली टोलीसँग विश्वकप छनोटलाई जिम्बावे जाने छन् ।

डिभिजन २ को उपबिजेता नेपाली टोलि आज नेपाल फर्कदै छ र स्वदेश फर्किएको केहि दिनपछि नै नेपाली टिम प्रशिक्षणमा लाग्नेछ । मार्च ४ तारिख देखि हुने विश्वकप छनोटमा नेपाल विश्वकप छनोटको समुह बी मा परेको छ ।
प्रतियोगिता अगाडी नेपालले युएई र हङकङसंग अभ्यास खेल खेल्नेछ ।

प्रकाशित : 17 February, 2018

प्रतिक्रिया दिनुहोस्