आज ३ बजे मन्त्रीपरिषद बैठक बस्दै

काठमाण्डौँ । फागुन ६, प्रधानमन्त्री केपी शर्मा ओलीले वालुवाटर सर्नुअघि मन्त्रीपरिषद्को बैठक बोलाएका छन्। उनले दिउसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बैठक बोलाएका हुन । हाल सरकारमा दुईजना मन्त्रीहरु रहेका छन् । ओली सरकारमा हालसम्म जनसंख्या तथा बाताबरण मन्त्रीका रुपमा लालबाबु पण्डित रहेका छन् भने महिला तथा बालबालिका मन्त्रीका रुपमा थममाया थापा रहेकी छिन् ।
बामगठबन्धनको अर्को घटक नेकपा माओबादी भने हाल सम्म सरकारमा सहभागी भइसकेको छैन । आजको बैठक पछि ओली प्रधानमन्त्री निवास बालुवाटार सर्ने तयारी रहेको छ ।