प्रजातन्त्र दिवसको अवसर पारेर नेपाल टेलिकमले ल्यायो ‘फ्रिडम प्याक’

सहयात्रा टिभी

काठमाण्डौँ । फागुन ६, भोली फागुन ७ गते मनाइने प्रजातन्त्र दिवसको अवसर पारेर नेपाल टेलिकमले फ्रिडम प्याक अफर ल्याएको छ । यो अफर कम्पनीका जीएसएम र सीडीएमए मोबाइलका ग्राहकहरुले सो प्याकको उपयोग एक घण्टासम्म अनलिमिटेड रुपमा गर्न सक्ने छन् । २५ पर्ने यो प्याक लिइसकेपछि ग्रहकले टेलिकम भित्र एक घण्टाका लागि अनलिमिटेड कल गर्न, एसएमएस पठाउन र डाटा चलाउन सक्ने छन्। सो प्याक आज (२०७४ फाल्गुण ६) देखि आगामी फाल्गुण ८ गतेसम्म खरिद गर्न सकिने छ । एक पटक खरिद गरेको प्याक चलाउने अवधि सकिए पछि अर्को पटक फेरि प्याक खरिद गर्न सकिने छ । तर एकपटकमा एउटा प्याक मात्र खरिद गर्न सकिने छ । टेलिकमले आज प्रेस बिज्ञप्ती निकाल्दै यस अफरको बारेमा बताएको हो ।

 

फ्रिडम प्याक खरिद गर्नका लागि जीएसएम मोबाइलबाट *1415*8# डायल गर्न वा FDPACK लेखेर १४१५ मा एसएमएस गर्न सकिन्छ । त्यसैगरी सीडीएमए मोबाइलबाट FDPACK लेखेर १४१५ मा
एसएमएस गर्न सकिने बताइएको छ ।

प्रकाशित : 18 February, 2018

प्रतिक्रिया दिनुहोस्