केपी ओली प्रचण्ड माधव नेपाल एमाले


संघिय संसदको पहिलो बैठक फागुन २१ गते

सहयात्रा टिभी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २१ गते सोमवार संघिय संसदको अधिवेशन आव्हान गर्नुभएको छ । राष्ट्रपति भण्डारीले दुई सातापछि बस्ने गरी पहिलो पटक संघिय संसदको अधिवेशन आव्हान गर्नुभएको हो ।

विरेन्द्र अन्तराष्ट्रिय सम्मेलन केन्द्र नया बानेश्वरमा अपरान्ह ४ बजेका लागी बैठक बोलाइएको राष्ट्रपति कार्यलयद्धारा जारी विज्ञप्तीमा भनिएको छ । प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको करिब तीन महिनापछि संसदको पहिलो अधिवेशन बस्न लागेको हो । बैठकमा नयाँ राष्ट्रपति चुन्न फागुन २५ गते निर्वाचन गर्ने कार्यतालिका छ । प्रतिनिधिसभा र राष्ट्रियसभालाई संयुक्त रुपमा संघीय संसद भन्ने गरिन्छ । सरकारको सिफारिसमा राष्ट्रपतिले संसद अधिवेशन आहृवान गर्ने संवैधानिक व्यवस्था छ ।

मंसिर १० र २१ गते भएको प्रतिनिधिसभाको निर्वाचनबाट प्रत्यक्ष १६५ र समानुपातिक ११० गरी २७५ प्रतिनिधिसभा सदस्य निर्वा्चित भएका छन् । ५९ सदस्यीय राष्ट्रिय सभा सदस्यमध्ये ५६ जना निर्वा्चित भइसकेका छन् । तीन जना सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्ने संवैधानिक व्यवस्था रहेको छ ।

प्रकाशित : 19 February, 2018

प्रतिक्रिया दिनुहोस्