केपी ओली प्रचण्ड माधव नेपाल एमाले


ओली सरकारले फिर्ता लियो देउवा सरकारको निर्णय : सरकारद्वारा डा. युवराज खतिवडा सहित नयाँ ३ जनाको नाम सिफारिस

सहयात्रा टिभी

काठमाडौं । सरकारले अघिल्लो सरकारले राष्ट्रियसभामा सिफारिस गरेका ३ जनाको नाम फिर्ता लिँदै उनीहरुको ठाउँमा नयाँ ३ जनाको नाम सिफारिस गरेको छ । राष्ट्रियसभा सदस्यमा डा. युवराज खतिवडा सहित तीन जनाको नाम सिफारिस गरेको हो ।

मंगलबार बिहान बसेको मन्त्रिपरिषद बैठकले सो सिफारिस गरेको हो । यसरी सिफारिस भएकामा डा युवराज खतिवडा, रामनारायण बिडारी र मिला पौडेल राई रहेका छन। अघिल्लो सरकारले चुनाव जितेका काम गठबन्धनका नेतासँग परामर्शसमेत नगरी एकलौटी सिफारिश गरेको थियो । नयाँ सरकार गठनसँगै उनीहरुको नामफिर्ता लिएको हो ।

५९ सदस्यीय राष्ट्रियसभामा ३ जना सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्ने संवैधानिक व्यवस्था छ । हरेक प्रदेशबाट ८–८ जनाका दरले राष्ट्रियसभामा ५६ जना भने निर्वाचित भइसकेका छन् ।

प्रकाशित : 20 February, 2018

प्रतिक्रिया दिनुहोस्