केपी ओली प्रचण्ड माधव नेपाल एमाले


ऐतिहासिक सम्पदा नेपालको अमूल्य निधि : राष्ट्रपति भण्डारी

सहयात्रा टिभी

चितवन । राष्ट्रपति विद्यादेवी भण्डारीले कला, संस्कृति, ऐतिहासिक सम्पदा र जैविक विविधता नेपालको अमूल्य निधि एवं अमूल्य सम्पत्ति भएको बताउनुभएको छ । आज चितवनको रत्ननगरमा भएको एक धार्मिक कार्यक्रममा बोल्दै उहाँले पर्यटक उद्योगको सम्भावना रहेको बताउनुभएको हो ।

राष्ट्रपति भण्डारीले कला, संस्कृति, ऐतिहासिक सम्पदा, भौगोलिक र जैविक विविधता नेपालको अमूल्य निधि भएको उल्लेख गर्नुभयो । राष्ट्रपति भण्डारीले चितवन निकुञ्ज र यहाँको बाघ, गैँडा, गोहीलगायत जनावर र चराचुरुङ्गीले पर्यटक विकास र वातावरण संरक्षणमा महत्वपूर्ण योगदान गरेको उल्लेख गर्नुभयो ।

प्रकाशित : 20 February, 2018

प्रतिक्रिया दिनुहोस्