केपी ओली प्रचण्ड माधव नेपाल एमाले


च्याम्पियन्स लिगमा बार्सिलोना र चेल्सीले खेले बराबरी

सहयात्रा टिभी

फागुन -९, युरोपियन च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को खेलमा लियोनल मेसीले पहिलो पटक चेल्सी विरुद्ध गोल गरेपछि स्पेनिस क्लब बार्सिलोना बराबरीमा रोकिएको छ । हिजो भएको खेलमा अन्तिम १६ को पहिलो लेग खेलमा बार्सिलोना र चेल्सीले १- १ बराबरी खेलेका छन्।

 

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा चेल्सीका विलियनले खेलको ६२ मिनेटमा एडेन हाजार्डको पासमा गोल गरेर चेल्सीलाई अग्रता दिलाए । तर उक्त अग्रता लामो समय टिकेन। ७५ मिनेटमा इनिस्टाको पासमा मेसीले गोल फर्काउन सफल भएपछि लेग बराबरीमा रोकिएको हो । पछिल्ला ८ खेलमा चेल्सीविरुद्ध गोल गर्न नसकेका मेसीले चेल्सी विरुद्ध गरेको यो पहिलो गोल हो।

प्रकाशित : 21 February, 2018

प्रतिक्रिया दिनुहोस्