केपी ओली प्रचण्ड माधव नेपाल एमाले


ब्लाकहोल के हो? यो कसरी बन्छ? जानिराखौँ

सहयात्रा टिभी

हाम्रो ब्रम्हाण्डमा यति धेरै रहस्यहरु छन् की मानिसको कल्पना ती सबै रहस्यहरु सम्म पुग्न पनि सक्दैन । ब्रम्हाण्ड कसरी बन्यो? कहिले बन्यो? भन्ने बारेमा मानिसले बिभिन्न सिद्धान्त र अनुमान हरु प्रस्तुत गरेका छन् । ब्रम्हाण्डमा चलयमान छ, यसमा कति कुराहरु विनाशकारी पनि रहेका छन् । त्यस मध्ये ब्लाकहोल पनि एक हो ।  ब्लाकहोल केहो भन्ने विषयमा धेरै उत्सुकताहरु पाउन सकिन्छ ।

ब्लाकहोलको गुरुत्वकर्षण बल यति धेरै हुन्छ की यसले प्रकाशलाई पनि आफ्नो तर्फ तान्न सक्छ । यतिसम्म की  ब्लाकहोल भित्र समय पनि रोकिने बैज्ञानिकहरु बताउछन् । यसको नजिक बाट कुनै बस्तु जादैँ छ भने त्यो बस्तु पनि यसै भित्र समाहित हुन्छ । यो यति धेरै शक्तिशाली हुन्छ की यसले पृथ्बी भन्दा लाखौ गुणा ठुला ताराहरुलाई पनि एकै क्षणमा समाहित गर्न सक्छ ।

ब्लाकहोल कसरी बन्छ?

एउटा तारामा हाईड्रोजन ग्याँस हन्छ, हाइर्डोजनको कारणले ताराबाट धेरै तापमान र प्रकाश निस्कन्छ । एउटा तारा भित्र बिशेष गरी दुइ प्रकारको उर्जा पाइन्छ । गुरुत्व उर्जा र नाभकीय उर्जा । गुरुत्व उर्जा तारालाई आफ्नो केन्द्र तिर तान्छ भने नाभकीय उर्जा तारा भित्र भएको विस्फोटको कारणले तारालाई बाहिरतर्फ धकेल्छ । यी दुइ उर्जाहरु बाट नै तारा सन्तुलित रहन्छ । जब यी दुइ मध्ये कुनै एक उर्जा कमी हुन थाल्छ तब ताराका अन्त्य पनि नजिक आउन थाल्छ, तर कुन उर्जा कमी हुने हो भन्ने ताराको  आकारले निर्धारण गर्छ । ठुलो तारामा गुरुत्वाकर्षण बल हाबी हुन्छ भने सानो तारामा नाभकीय शक्ति हाबि हुन्छ । कुनै पनि तारालाई सन्तुलित राख्न यी दुइ उर्जाहरु बिपरित दिशामा बराबर हुनुपर्ने हुन्छ । जब कुनै ताराको गुरुत्वकर्षण शक्ति कम हुन्छ तब ताराले आफ्नो भित्र भएको हाइर्डोजन विष्फोटलाई रोक्न सक्दैन र तारा पड्किन पुग्छ । यस प्रकृयालाई सुपरनोभा भनिन्छ । यो पकृयाबाट तारा न्युटन स्टार बन्न पुग्छ । जब कुनै तारामा गुरुत्वकर्षण बढि हुन्छ त्यस तारा भित्र रहेको हाइर्डोजन बिस्तारै बिस्तारै जलेर सकिन्छ र नाभकीय उर्जा पनि हाईड्रोजनसँगै सकिन्छ । त्यसमा शक्तिशाली गुरुत्वाकर्षण शक्ति बाकी रहन्छ जसले तारालाई केन्द्रमा तानेर ल्याउछ र तारा ब्लाकहोलको रुपमा परिवर्तन हुन्छ । यसको गुरुत्व बल यति धेरै हुन्छ की यसले प्रकाशलाई पनि आफ्नो तर्फ खिचेर ल्याउन सक्छ जसले गर्दा हामी ब्लाकहोल लाई देख्न सक्दैनौ ।  यसबाट प्रश्न उब्जन्छ की बैज्ञानिकहरुले यसको अस्थित्व कसरी पत्ता लगाए । जब प्रकार ब्लाकहोलको नजिकबाट जान्छ तब प्रकाश ब्लाकहोल तर्फ मुडिन्छ र प्रकाश ब्लाकहोलको छेउमा पुगेर थोरै बाँङ्गिन्छ,  यहि बाट ब्लाकहोलको अस्थित्व रहेको थाहा पाउन सकिन्छ ।

 

सूर्यकोभन्दा ३ गुणा ठूलो पिण्ड सूक्ष्म विन्दुमा परिणत हुँदा त्यसको घनत्व  कल्पना गर्नै नसकिने हुन्छ । उक्त सूक्ष्म विन्दुलाई विलक्षताको बिन्दु (Point of Singularity) भनिन्छ ।

प्रकाशित : 21 February, 2018

प्रतिक्रिया दिनुहोस्