प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदको सपथ ग्रहण फागुन २० गते हुने

सहयात्रा टिभी

काठमाडौं, फागुन १० – संघीय संसद सचिवालयले संघीय सांसदको सपथग्रहण फागुन २० गते हुने बताएको छ । सचिबालयले प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदको सपथ ग्रहण एकैदिन तर फरक समयमा हुने बताएको हो । प्रतिनिधिसभा सदस्यको सपथ ग्रहण फागुन २० गते दिउँसो ४ बजे हुने छ भने राष्ट्रियसभाका सांसदको सपथ ग्रहण सोही दिन ५ बजे अन्तराष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा हुने सचिवालयले जनाएको छ ।

संसद सचिवालयले सार्वजनिक सूचना निकालेर संसदहरुलाई सपथ ग्रहण भन्दा १ घण्टा अगाडी राष्टिय पोषाकमा वा सांस्कृतिक पहिचान झल्कने पोसाकमा निर्वाचन आयोगबाट प्राप्त प्रतिनिधिसभा वा राष्ट्रियसभा सदस्यको प्रमाण पत्र र नागरिकताको प्रमाणपत्र लिएर सम्मेलन केन्द्रमा उपस्थित हुनुपर्ने बताएको छ । यसै गरी मातृभाषामा सपथ गर्न चाहने सदस्यले सपथको ब्यहोरा मातृभाषामा अनुवाद गरी ३ दिन अघि नै संसद सचिवालयमा बुझाउनुपर्ने बताइएको छ ।सपथको भोलीपल्टै फागुन २१ गते संघीय सांसदको पहिलो बैठक बस्ने छ ।

प्रकाशित : 22 February, 2018

प्रतिक्रिया दिनुहोस्