केपी ओली प्रचण्ड माधव नेपाल एमाले


भिखारीलाई तालिम !!!

सहयात्रा टिभी

हामीले बिभिन्न क्षेत्रमा कार्यरत मानिसहरुलाई तालिम दिएको त सुनेका छौँ तर भिखारीलाई तालिम दिएको भन्ने चाहीँ पक्कै पनि सवैलाई अनौठो लाग्न सक्छ । तर यो सत्य हो । भारतमा भिखारीको संख्या दिन प्रतिदिन बढेर आजित भएको सरकारले त्यहाँका भिखारीहरुलाई सीपमुलक तालिम दिने भएको छ । चार लाख भन्दा बढि भिखारी रहेको भारतमा भिखारीको संख्या अझ उच्चदरमा बढ्न थालेपछि यसलाई नियन्त्रण गर्नका लागि सामाजिक न्याय एवं आधिकारिता मन्त्रालयले यस्तो कदम उठाएको हो ।


तालिममा भिखारीहरुलाई साइकल बनाउने, लुगा सिलाउने, खानेकुरा पकाउने, फूलमाला गाँस्ने जस्ता कामहरु सिकाइन्छ जसबाट उनीहरुले ब्यवसाय गरेर सम्मानित जीवनयापन गर्न सकुन् । यस तालिमबाट भिखारीहरुलाई स्वनिर्भर हुन सिकाई काम गरेर सम्मानजनक जीवन जिउन सिकाउनु हो ।

प्रकाशित : 22 February, 2018

प्रतिक्रिया दिनुहोस्