‘जे गरे नि सुख छैन ‘लेखककी स्वास्नी’लाई ‘

सहयात्रा टिभी

प्रगति राई, कवि तथा आख्यानकार

वादी विज्ञप्ति कवितामार्फत चर्चामा आएकी प्रगति राई ‘लेखककी स्वास्नी’ उपन्यासबाट आख्यानकार बनेकी छिन् । महिला मुद्दालाई सशक्त रुपमा उठाएका कारण उनको उपन्यास चर्चामा छ । आख्यानकार राजन मुकारुङकी जीवनसंगीनीसमेत रहेकी उनी अहिले रोजगारीको सिलसिलामा कोरियामा रहेकी बेला गरिएको इमेल वार्ता

? ‘वादी विज्ञप्ति’ कविता संग्रहको चर्चापछि पाठकको आशा थियो– तपाई अर्को दमदार कविता कृतिका साथ आउनुहुनेछ । तर तपाई त आख्यानतिर पो फट्किनुभयो ?
➲ ‘मेरो जीवनमा एउटै मात्र पुस्तक हुनेछ’ भन्ने सोचेर तीनवर्ष अगाडि नै उपन्यास थालनी गरेको थिएँ । कविता संग्रह प्रकाशन गर्ने सोच नै थिएन । तर शुभचिन्तकको सल्लाहअनुसार पाठकसामु जान सजिलो होस् भनेर कविता प्रकाशन गरिएको हो ।

? जीवनमा एउटैमात्र किताब हुन्छ भन्नेचाहिं किन सोच्नुभयो ? अब दुइटा त भइसक्यो, अरु पनि तयारीमा होलान ?
➲ खासमा म लेखक होइन । मेरो कुरा अरुले नलेखिदिएकाले मात्रै हो मैले लेखेको ।
उपन्यास लेखिञ्जेल त ‘अब उप्रान्त लेख्ने कुरा सोच्दिनँ’ भनेर मनमनै दसचोटि कान समातेको थिएँ । फेरि आजकाल, पाठकका हौसलाले मन कताकति चुलबुल भएझैं हुन्छ । अहिलेको कम्पनी पनि राम्रो छ । दिनमा आठ घण्टा काम गरेपछि छुट्टि हुन्छ । त्यसपछि जे गरे पनि हुन्छ । साहूले पनि धेरै राम्रो व्यबहार गर्छन् । ‘यो राईलाई सधैं लेखिबस्नुपर्छ’ भनेर कापीकलम किन्दिन्छन् । साथी तिलीसरा मस्राङ्गी पनि नपाउनुको मान्छे छिन् । ‘ढङ्ग न सङ्ग किन चुलातिर घस्रनु पर्‍यो, लेखेर बस्नू’ भन्छिन् । अनि त एउटा कथा सङ्ग्रह बनाउने कि भन्ने सोचिरा’छु ।
यो उपन्यासलाई सहयोगी केही कथाहरु र कोरियामा पन्ध्र–बीस वर्ष बिताइ सकेका नेपालीहरु, जो सँग न कोरियन आइडि छ न त नेपालमा परिवार नै, । त्यस्ता व्यक्तिको साधारण अनुभूति बटुल्ने काम गरिरहेछु । त्यो भन्दा पहिले मेरो कविताकृति कोरियन भाषामा अनुवाद गरिने कुरा भइरहेकाले कविता बनाउनमा व्यस्त छु ।
? अब तपाईको उपन्यासतिरै लागौं, ‘लेखककी स्वास्नी’ले नै ‘लेखककी स्वास्नी’ लेख्नु कत्तिको संयोग हो ?
➲ ‘लेखककी स्वास्नी’ व्यङ्ग्यात्मक शिर्षक हो । संसारको दुस्ख कष्टबारे चिन्तित हुने व्यक्ति (लेखक) पनि महिलाका दुस्खबारे मौन बस्छ भन्ने आशयमा उपन्यासको पात्र लेखक रहन गएको हो ।
साहित्यानुरागीका लागि नेताभन्दा लेखक नै अलि बढि प्यारो लाग्ला भनेर पनि मैले लेखक रोजेको हो ।

? उपन्यासको पात्र सुशान्तको आनीबानी, जातीय पहिचानसहितको संघीयताप्रतिको उसको लगाव र साहित्यिक संगठनमा देखिएको अभिरुची, मदन पुरस्कारको चर्चा आदिले त ठ्याक्कै राजन मुकारुङको चित्र आउँछ नि ?
➲ राजन मुकारुङले मदन पुरस्कार पाउनु पहिल्यै ‘लेखककी स्वास्नी’ प्रकाशन भएको हो । उपन्यासको पात्रलाई धेरैले राजन मुकारुङ नै सोचेका छन् र त्यस्तै पनि देखिएको छ । तर यसबारेमा समीक्षक हरि अधिकारीले स्पष्ट लेखेका छन् कि त्यो पात्र राजन मुकारुङजस्तो देखिए पनि अरु नै हो, जो सङघीयताबारे विभिन्न विचार राख्दछन् । यसर्थ म अझ स्पष्ट पार्न चाहन्छु कि, ‘लेखककी स्वास्नी’ राजन मुकारुङजस्तै अनेकन लेखकमाथि लेखिएको उपन्यास हो । यसमा पुर्वाग्रही नभइदिन हुन अनुरोध गर्दछु ।
? उपन्यासको पात्र लेखक कम राजनीनिक कार्यकर्ता बढी छ । उपन्यासको नाम ‘लेखककी स्वास्नी’ भएपनि लेखक र उसकी स्वास्नीबीचको सम्बन्धको जटिलता र आयामलाई समेट्न सकिएको छैन भनेर समीक्षकले आलोचना गरेका छन् नि ?
➲ लेखकलाई लेखनमा भन्दा धेरै राजनीतिमा प्रयोग गरेको अवश्य नै हो । किनभने लेखाई सिद्धान्त हो र गराई व्यबहार हो । अहिलेको जमानामा दुबैकुरा एकसाथ गएको छ कि छैन भन्ने कुरालाई दर्शाउन खोजेको हुँ । सम्बन्ध जटिलताबारे म सहर्ष स्वीकार्दछु, यसमा धेरै कुराहरु छुटेका छन् । यो पुस्तकको पुनर्लेखन गर्न नसक्नु पनि ठूलो कमजोरी हुन आएको छ । अहिले पनि यो पुस्तक मैले इन्टरनेटमा मात्रै देखेको छु, छुन पाएको छैन । अर्को कुरा, दुईवटा मुद्दालाई एउटै पुस्तकमा कोचेर राखेको छु । यसो गर्नु मेरो रहर भने होइन, बाध्यता हो । निर्दोष मानिस माथि लगाइएको आरोपले मलाई लेख्न वाध्य गराउँछ । ती आरोपित मानिस हुन् महिला । तर दुर्भाग्यवश, अहिलेसम्म महिलाका बारे महिलाले नै लेखेर सहयोग गर्ने कुरा अझै सोचाइ भन्दा परको बिषय छ । साँच्चै भन्नुपर्दा अझै पनि महिला अवला अनपढजस्तै देखिएका छन् । त्यसैले बाध्यतावश पुरुषरुपी भाँडामा महिलारुपी परिकार पस्केकाले भाँडा अनुसारको परिकारको स्वाद नआउँदा सबैलाई नै नमिठो लाग्दछ । यो गल्ति म स्वीकार्छु ।

महिलाले बिहे गरेर घ

प्रकाशित : 22 February, 2018

प्रतिक्रिया दिनुहोस्