बिद्यालयमा आक्रमण रोक्न शिक्षकलाई हतियार

बीबीसी
फागुन १०, अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बन्दुक आतंकसम्बन्धी ह्वाइट हाउसमा भएको कार्यक्रममा विद्यालय वरपर बन्दुकमाथि प्रतिबन्ध लगाउने र शिक्षकहरूलाई हतियार राख्न दिने पक्षमा समर्थन जनाएका छन्।
उनले त्यस्तो कदमले फ्लोरिडाको विद्यालयमा १७ जनाको ज्यान लिने गरी हालै भएका आक्रमण जस्ता घटना रोक्न सक्ने पनि बताए।
गत साता फ्लोरिडास्थित एक विद्यालयमा भएको गोली प्रहारको घटनामा बाँच्न सफल भएकाहरूले त्यस्तो घटना फेरि नहुने पक्का गर्न गरेको प्रस्तावमाथि ट्रम्पले प्रतिबद्धता जनाएका छन्।
बन्दुक किन्नेहरूको पृष्ठभूमि जाँच गर्न गरिएको प्रस्तावलाई पनि ट्रम्पले समर्थन गरे।