दैलेखमा जिप दुर्घटनामा हुँदा ४ जनाको मृत्यु

दैलेख । फागुन -१०, दैलखबाट महाबु तर्फ जाँदै गरेको लु१ज ३५३२ नम्बरको जिप दुर्घटनामा परेको छ । उक्त जिप रानीवन गाविसको ओखलढुंगा भन्ने ठाउँमा दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । जिप सडकबाट निकै तल खस्दा दुर्घटना हुन पुगेको थियो ।
दुर्घटनामा परी मृत्यु हुनेमा महाबु गाउँपालिका-५ का ३५ वर्षीय सरल कुमार शाही, महाबु-४ गैंडाबाजकी २२ वर्षीय निर्मला पाण्डे, कालिकोटकी निर्मला कुमारी शाही र सुर्खेतका तिलक ढकाल रहेका छन् । दुर्घटनामा घाइते हुनेहरुको पहिचान खुलिसकेको छैन र उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल पुर्याइएको छ ।