केपी ओली प्रचण्ड माधव नेपाल एमाले


प्रधानमन्त्री केपी शर्मा ओलीलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बधाई

सहयात्रा टिभी

काठमाण्डौँ । फागुन ११, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री भएको हप्तादिन पछि बधाई दिएका छन्।

परराष्ट्र मन्त्रालयका अनुसार ट्रम्पले तीन तहका चुनाब सफलताको साथ सम्पन्न भएकोले नेपालले समावेशी लोकतान्त्रिक शासनको रुपमा प्रमाणित भएको बताउँदै ट्रम्पले ओलीलाई नेपालको प्रधानमन्त्री भएकोमा बधाई दिएका हुन्। ट्रम्पले प्रधानमन्त्री ओलीलाई पठाएको बधाई सन्देशमा दुई देशबीचको साझोदारी बढाउन र स्थायीत्व, सुशासन र दिगो आर्थिक विकासमा सहयोग गर्न आफु तयार रहेको बताएका छन् ।

प्रकाशित : 23 February, 2018

प्रतिक्रिया दिनुहोस्