जन्म भन्दा तीन वर्ष अगाडिको घटनामा अपराधी ठहर भइ जेलचलान

नुवाकोट । फागुन-११, नुवाकोटमा एक जना नागरिक जन्मनु भन्दा तीन वर्ष अघिको चोरी मुद्दामा दोषी ठहरिएर जेल चलान भएका छन् ।
पञ्चकन्या गाउँपालिका ५ का नौले भनिने सानुवीरे तामाङ आफ्नो जन्म भन्दा तीनवर्ष अघाडिको चोरी मुद्दामा नुवाकोट जिल्ला अदालतबाट दोषी ठहर भइ जेल चलान भएका हुन् । विसं २०१८ साल चैत ६ गते जन्मिएका तामाङविरुद्ध नुवाकोट जिल्ला अदालतको विसं २०१५ साल जेठ १८ को फैसलाले छ ६ महिना कैद र दुई हजार चार सय तेइस रुपैँया जरिवाना सुनाएको भन्दै फैसला कार्यान्वयनको क्रममा उनलाई बुधबार जेल चलान गरिएको हो । । तामाङलाई बुधबार प्रहरीले भद्रुटारस्थित घरबाट पक्राउ गरी सोही दिन अदालतमा उपस्थित गराएको थियो ।
(detail : onlinekhabar)