सुकेधारामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

काठमाण्डौँ। फागुन ११, बिहीवार राति सुकेधारामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।मोटरसाइकल चालक चितवन घरभइ सुकेधारा बस्दै आएका २६ वर्षीय रोम अधिकारी दुर्घटना पछि गम्भीर घाइते भएका थिए ।
सांकेतिक तस्वीर
बेलुकी पौने ८ बजे तिर ७ प ५२२१ नम्बरको मोटरसाइकल बा ८५ प २८२७ नम्बरको स्कुटरलाई ठक्कर दिई अनियन्त्रित भएर बिजुलीको पोल र पार्किङमा रहेको जीपमा ठोकिन पुगेको थियो। प्रहरीले अधिकारीको उपचारको क्रममा ओम अस्पताल चावहिलामा बिहीबार राति पौने ८ बजे मृत्यु भएको जनाएको छ।