केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बाटो ढुकेर छात्राहरु जिस्काउने एकजना पक्राऊ

सहयात्रा टिभी

जनकपुर । फागुन ११, प्रहरीले कलेज तथा विद्यालय जाने छात्राहरुलाई अध्याँरोको मौका छोपेर जिस्काउने एकजनालाई पक्राउ गरेको छ । केही समय अघि छात्राहरुलाई बाटोमा अश्लिल शब्दहरु प्रयोगरी जिस्काएको भनि निवदन आएपछि प्रहरीले निगरानी बढाएको थियो ।

यसैक्रममा प्रहरीले संकटमोचन मन्दिर उत्तरतर्फको सडकमा कलेज जाँदै गरेका छात्राहरुलाई अश्लिल शब्द प्रयोग गरी जिस्काइ रहेको अवस्थामा महोत्तरीको गोनरपुरा–१ निवासी ३० वर्षीय सन्तोष यादवलाई पक्राउ गरेको हो ।
पक्राउ परेका यादवलाई सार्वजनिक अपराध अन्तर्गत मुद्दा चलाएर जिल्ला प्रशासनबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।

प्रकाशित : 23 February, 2018

प्रतिक्रिया दिनुहोस्