केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सरकारले आज पूर्णता पाउँदै, वर्षमानलाई रोक्दै बादल गृहमन्त्री बन्ने पक्का

सहयात्रा टिभी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले आज पूर्णता पाउने भएको छ । सत्ता साझेदार माओवादी केन्द्रसँग भएको मन्त्रालय बाँडफाँडअनुसार मन्त्री चयन गरि मन्त्रीपरिषद विस्तार गर्ने तयारी रहेको प्रधानमन्त्री निकट नेताहरुले बताएका छन् । मन्त्रिपरिषद् विस्तारका लागि राष्ट्रपति कार्यालयबाट ३ बजेको समय लिइसकिएको छ ।

आज हुने मन्त्रीपरिषद विस्तारमा रामबहादुर थापा ‘बादल’ गृहमन्त्री बन्ने लगभग पक्का भएको छ । माओवादी अध्यक्ष प्रचण्डले सोमबार प्रधानमन्त्री ओलीलाई मन्त्रीको नामावली बुझाएका छन् । सो नामावलीमा बादलको नेतृत्वमा माओवादी सरकारमा सहभागी हुने र उनले गृह मन्त्रालय सम्हाल्ने प्रचण्डले ओलीलाई जानकारी गराएको स्रोतले बतायो । यसअघि गृहमन्त्रीमा वर्षमान पुन ‘अनन्त’को दावी रहेको बाहिर आएको थियो । यसअघि प्रचण्ड नेतृत्वको पहिलो सरकारमा बादल रक्षामन्त्री थिए ।

प्रकाशित : 26 February, 2018

प्रतिक्रिया दिनुहोस्