ओली सरकारले पुर्णता पाउँदै, गृह, अर्थ र रक्षा मन्त्रालयको लाग्यो टुङ्गो

सहयात्रा टिभी

काठमाण्डौँ । फागुन -१४, एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्रीपरिषद विस्तारले गति लिएको छ । राष्ट्रिय सभामा मनोनित डा. युवराज खतिवडाले अर्थमन्त्रालयको जिम्मेवारी पाउने भएका छन् । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा युवराज खतिवडा अर्थमन्त्री हुने निश्चित भएको छ ।

उनी सँगै एमाले महासचिव ईश्वर पोखरेलले पनि अर्थ मन्त्रालयका लागि लविङ् गरेता पनि उनी रक्षा मन्त्री हुने भएका छन् । अर्को तर्फ गृहमन्त्री भने माओवादी केन्द्रका बरिष्ठ नेता रामबहादुर थापा बन्ने भएका छन् । त्यसै गरी माओवादीबाटै मातृका यादव उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रीका रुपमा ओली सरकारमा सामेल हुने भएका छन् । उनीहरुले सोमबार नै सपथ लिने बताइएको छ । ओली सरकारले खतिवडा सहित तीन जनालाई राष्ट्रिय सभामा मनोनित गरेता पनि सर्वोच्च अदालतले त्यसलाई तत्काल कार्यान्वयन नगर्न भन्दै अन्तरिम आदेश दिइसकेको छ ।

प्रकाशित : 26 February, 2018

प्रतिक्रिया दिनुहोस्