केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बिस्फोटक पदार्थ लिएर काठमाडौं आउँदै गरेका एक युवक नागढुंगामा पक्राउ

सहयात्रा टिभी

काठमाण्डौँ । फागुन १६, प्रहरीले बिस्फोटक पदार्थ लिएर काठमाडौं आउँदै गरेका एक युवकलाई नागढुंगामा पक्राउ गरेको छ ।

मंगलबार साँझ दैलेखका दथरथबहादुर शाहीलाई प्रहरीले  पक्राउ गरेको हो। प्रहरीले बा३ख ९७१९ नम्बरको बस चेकजाँच गर्ने क्रममा शाहीको झोलाबाट बिस्फोटक पदार्थ फेला परेको हो। दैलेख घर भएका शाहीको साथबाट ४४ वटा डेटोनेटर, १२ वटा सुपरपावर, २५ मिटर सेफ्टिफ्युज, कालो टेप तथा गुलेली बरामद भएको हो ।
प्रहरीले विस्फोटक पदार्थ किन र के उद्देश्यको लागी आएको भन्ने विषयमा विस्तृत अध्ययन भइरहेको वताएको छ ।

प्रकाशित : 28 February, 2018

प्रतिक्रिया दिनुहोस्